मेरो बुझाइमा संबिधान र संबिधान दिवस - Super Hit News
Wed. Oct 23rd, 2019

मेरो बुझाइमा संबिधान र संबिधान दिवस

                ऋषिकेश न्यौपाने,बरिष्ट उपाध्यक्ष,प्रवासी नेपाली एकता समाज,अष्ट्रेलिया

नेपालमा अहिले संघिय गणतन्त्र संबैधानिक रुपमै संस्थागत भइसकेको छ, यो नेपालको आजसम्म भयको परिबर्तन मध्य सबैभन्दा ठूलो राजनीतिक परिबर्तन हो , तर नेपालको यो राजनीतिक परिबर्तनलाई व्यवस्थापन गर्न सकेको छैन, जनतामा सपना बाँडियको जस्तो शान्ति, सुब्यबस्था, बिकाश, अमन, चयन, केही पनी छैन। राजनीतिमा आएको परिवर्तन झै देश र जनताको जिबनमा परिबर्तन आउन सकेन, आर्थिक विकास र समृद्धि आउन सकेन, प्रति व्यक्ति आय ज्यादै कम छ , गरिबी बढ्दो छ , औद्योगिकरण हुनसकेको छैन , भ्रष्टाचार विरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा बिगत दुई बर्ष यता राजनीतिक दललहरु सबैभन्दा बढी भ्रष्ट भएको डाटा सार्बजनिक गरेको छ, यसले गर्दा नेपाल विश्क कै गरिब मुलुकमध्य मा पर्दछ । केपी ओली, प्रचण्ड र देउबा जस्ता नेपालका प्रत्यक राजनीतिक नेतृत्वहरुको अत्यधिक सत्तामोह, सस्थागत भ्रष्टाचारबाट धन सम्पत्ति आर्जन,  संबैधानिक अङ्गहरु लगायत न्यायपालिकामा समेत राजनीतिक दलका कार्यकर्ताहरु नियुक्त गरी आफ्नो स्वार्थ अनुकुल काम गराउने प्रबृत्ति र जनपीडक  व्यवहारले नेपालमा सुशासनको अन्त्य भयर कुशासनको सुरुवात भइसकेको छ । राजनीतिलाई पेसा बनाएर धनसम्पत्ति कुम्ल्याउने प्रबृतीका राजनीतिक दलका नेतृत्व वर्गहरुले देशलाई  दुर्घटनाको सिकार बनायका छन्।  नैतिकता, सदाचार, त्याग र इमान्दारीताको आभाबले देशको राजनीतिक नेतृत्वहरु पुर्ण रुपमा बेईमान र अविश्वनीय सावित भैसकेका छन् । गणतन्त्र नेपालका नेतृत्व र शासकहरुको बदनामीपुर्ण कार्यशैलीले बिर गोर्खालीका सन्तानहरु बिश्व समाजमा शिर निहुर्याएर हिड्नु पर्ने अबस्था आयको छ।
बर्तमान सरकारको कार्यशैली देश र जनहितमा छैन, शासकहरुले आफूले जागिर मात्र खायर तलब भत्ता र सेबासुबिधा लिने, आफ्ना आफन्तहरुलाई पोष्ने, राज्यको पैसाले फेरी-फेरी नयाँ गाडी र हेलीकप्टर किनी देश बिदेस घुमेर मोजमस्ती गर्ने, भोज भतेर गर्ने, बिकटका जनताहरुले ज्वरो आउँदा सिटामोल नपाउने तर नेता, मन्त्री र प्रधानमन्त्रीहरुले राज्यको ढुकुटीमा ब्रह्मलुट गरेर बिदेसमा उपचार गर्न जाने आदी इत्यादीलाई नै क्रान्ति सफल भयको मानेका छन् , यसको बिरुद्दमा आवाज उठाउनेहरुलाई बिभिन्न आरोप लगाउने, तर्साउने, धम्क्याउने, कुटपिट गर्ने, बिभिन्न सजायँ दिने गरेका छन् यसको ज्वलन्त उदाहरणको रुपमा पत्रकार रबी लामिछाने काण्ड लाई लिन सकीन्छ। नेकपा अध्यक्ष प्रचण्डले भिन्न मत राख्ने जनताहरुलाई स्याल र पिशाचहरु भनेर गालिगलौज गर्नु र सरकारका प्रबक्ताले सरकार बिरोधीहरुलाई ठाउँको ठाउँ पिट्नु भन्नुले गणतान्त्रिक शासनप्रणालीमा जनताको हैसियत प्रष्ट देखीयको छ, अब जनताले यो हैसियतलाई स्विकार गर्न हुँदैन यो अनादर, अपमान र दमनको बिरुद्धमा राष्ट्रबादी क्रान्ती को सुरुवात गर्ने बेला भैसकेको छ। गणतन्त्र नेपालको दुईतिहाईको सरकारले भिन्न मत र बिचारहरुलाई रुचाउँदैन, हिजो आफैँलाई अमुल्य मत दियर जिताउने जनताहरुलाई आज सरकारी कुकर्महरुको बिरोध गरेका करण उनीहरुले परम शत्रुको रुपमा हेर्नेगरेका छन्, गलत र अन्यायका बिरुद्धमा आवाज उठाउनेहरुलाई सिधै सरकारबिरोधिको बिल्ला भिराईन्छ यसबाट प्रष्ट हुन्छ की सरकारले गलत र अन्याय गरिरहेको। सिङ्गो सरकारको बोली, ब्यबहार, सिद्धान्त र कार्यशैली प्रजातन्त्र र लोकतन्त्रको प्रतीकुल छ।
गणतन्त्र नेपालको सत्ता सत्यता, नियम, कानुन, अनुसासनले चलेको छैन, गुण्डागर्दी शैलीमा हतियार देखायर सत्यको पक्षमा बोल्ने जनताहरुलाई बिभिन्न आरोप लगायर त्रसित बनाउँदै  लुटको साम्राज्य चलाईयको छ । सरकारले राज्य र जनताको भलो गर्छ भन्ने जनबिश्वास गुमेको छ, अहीले नेपाली जनमत नेपालको सरकारको बिरुद्धमा उभिँदै छ, गणतन्त्र नेपालको सरकारले अन्याय गरिरहेको छ,  मानबअधिकारको उल्लङ्घन गरिरहेको छ, दण्डहिनता ले चरम सिमा नाघिसक्यो, सरकारको बिपक्षमा क्रान्तिको बिगुल फुकीरहेको नेकपा बिप्लब समुहका नेताहरुलाई नक्कली इन्काउन्टर गरेर मार्ने नयाँ राजनीतिक प्रथा को सुरुवात गरियको छ, सत्तापक्ष र प्रतिपक्षका प्रमुख नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउबा लगायतले नेपाली राजनीतिलाई अपराधिकरण र अपराधिकरणलाई राजनीतिकरण गरिरहेका छन्, सरकारका मन्त्रीहरुभन्दा अपराधी र माफीयाहरुलाई शक्तिशाली बनाईयको छ, माफियाहरुकै सक्रियतामा बिभिन्न काला ऐन कानुनहरु पेश गरिय ति मध्य केही पास भय केही फेल भय यसको पछिल्लो उदाहरणको रुपमा गुठी बिधेयकलाई लिन सकिन्छ। नेपालमा अपराधिलाई राष्ट्रपतीको हातबाट सम्मानका साथ तक्मा बाँड्नका लागी गणतन्त्र ल्याईयो, गणतन्त्र दिबसको दिन पारेर हत्यारा, बलात्कारी, तस्करहरुलाई जेलबाट रिहा गर्नका लागी गणतन्त्र ल्याईयो, कङ्गाल नेताहरुलाई धनाड्य बनाउनका लागी गणतन्त्र ल्याईयो, केपी, प्रचण्ड, बाबुराम, शेरबहादुर लगायतलाई पालैपालो प्रधानमन्त्री बनाउनका लागी गणतन्त्र ल्याईयो, नेता, मन्त्री र प्रधानमन्त्रीहरुका आसेपासेहरुलाई बिभिन्न पद प्रतिष्ठा र राज्यको ढुकुटी बाँड्नका लागी गणतन्त्र ल्याईयो, प्रचण्डको बुहारीलाई मन्त्री, छोरीलाई मेयर र ज्वाइँ, भाई, भतिजा लगायतलाई राज्यका बिभिन्न निकायमा जागिर दिनका लागी गणतन्त्र ल्याईयो तर सर्बसाधारण जनताको लागी गणतन्त्र कहिल्यै ल्याईयन।
सर्बसाधारण जनता राणाकालमा जस्तो थिय, पञ्चायतकालमा जस्तो थिय, बहुदलिय ब्यबस्थामा जस्तो थिय आज गणतन्त्र नेपालमा पनी त्यस्तै छन्। हिजोका भोकाहरु आजपनी भोकै छन् , हिजोका नाङ्गाहरु आजपनी नाङ्गै छन्, बिकटका जनताको घरमा जती नुन छैन नेताहरुको घरमा त्यो भन्दा धेरै सुन छ हाम्रा शासकहरु सहायक होईन प्रमुख सुनतस्करहरुका संरक्षक हुन्, सहयात्री हुन् केही त सहकर्मी पनी हुन् भन्ने प्रसस्त आधारहरु देखियका छन् ।
नेपालमा जनताको लागी नभइ जनताको नाममा गणतन्त्र आयो, यो राजनीतिक प्रणाली नेता र तिनका कार्यकर्ता, पुँजिपती, राजनीतिक अपराधी र माफियाहरुलाई फलिफाप भयो तर सर्बसाधारण नेपाली जनताहरुकोको लागी श्राप भयो।  एनसेल ले पचहत्तर अरब कर तिर्न नपर्ने अन्य बिभिन्न ब्यापारीक घरानाहरुले करोडौँ र अरबौँ रुपैयाँ कर तिर्न नपर्ने तर एउटा गरिब जनतासँग कुखुराको चल्लाको समेत पाता कसेर कर असुल गर्ने शासन प्रणालीलाई गणतन्त्र भनिन्छ, एउटा मुनाफाखोर ब्यापारिले अस्पताल खोल्छ कुनै गरीब बिरामीले घर बारी बेचेर उपचार गर्न जान्छ डाक्टरको लापर्बाहीले उसको ज्यान जान्छ आफन्तहरु न्याय माग्नका लागी जान्छन् राज्यले ति अन्यायमा परेका पिडितहरुलाई प्रहरी प्रशासन प्रयोग गरेर लाठी बर्सायर त्यो मुनाफाखोर ब्यापारी र डाक्टरलाई संरक्षण गर्ने शासन प्रणालीलाई गणतन्त्र भनिन्छ, एउटा अबला नारीलाई कुनै पहुँचवालाले शोषण गरी झुण्ड्यायर हत्या गर्छ पिडीत आफन्तहरुले सत्यतथ्य छानबिनको माग गर्दा राज्यले प्रहरी परिचालन गरी लाठि र बुट बर्साउने शासन प्रणालीलाई गणतन्त्र भनिन्छ, लाउँलाउँ खाउँखाउँ भन्ने उमेरकी एउटी तेह्र बर्षिय बालिका निर्मला पन्तको कुनै पहुँचवाला ब्यक्तीले बलात्कार पछी निर्मम हत्या गर्छ प्रहरी प्रशासन लगायतका राज्यसंयन्त्रहरु बाट सबुद प्रमाणहरु नष्ट गरेर बलात्कारी जोगाउने काम हुन्छ पिडित परिबारजन र स्थानियहरुले बलात्कारीलाई सजायँको माग गर्दै आन्दोलन गर्छन् राज्यले आन्दोलनलाई बिफल बनायर बलात्कारी जोगाउँनका लागी प्रहरी प्रयोग गरेर अर्को बाह्र बर्षिय बालकको गोली हानेर हत्या गर्ने शासन प्रणालीलाई गणतन्त्र भनिन्छ। सरकारले आफ्नो असफलता लुकायर जनता झुक्याउनका लागी गलत डाटाहरु सार्बजनिक गर्ने शासन प्रणालीलाई गणतन्त्र भनिन्छ। प्रधानमन्त्री जस्तो ब्यक्तिले जनताको नजर अगाडिकै प्रत्यक्ष कुराहरुको बारेमा झुटो बोल्ने शासन प्रणालीलाई गणतन्त्र भनिन्छ।
यती ठूलो परिबर्तनले देश र जनताको लागी ठूलो फाईदा हुनुपर्नेमा यसको बिपरित ठूलो घाटा हुनगयो किनकी यो स्वदेशी माटोबाट देश र जनताको  आबश्यकता अनुसार उब्जियको कल्पबृक्षको बिज थियन, यो भयानक बिषबृक्षको बिज थियो बिषबृक्षमा अमृत फल्दैन र फलेन पनी। नेपालमा भएको पछिल्लो राजनीतिक परिर्वतनको सुरुवात र सफलतापछी त्यसलाई संस्थागत गर्ने हरेक अभियानमा बाह्य संलग्नता रहेको छ । नेपाललाई संघिय गणतान्त्रिक धर्म निरपेक्ष राज्य बनायर नेपालको राजनीतिलाई जातीय पहिचानमा प्रवेश गराउनु बिदेशीहरुको सबै भन्दा ठुलो सफलता थियो । बि. सं. 2052 सालमा नेकपा माओबादीले सुरु गरेको कथित जनयुद्ध पश्चिमा मुलुकहरु र इशाई मिसिनरीहरुको डिजाइन अनुसार सुरु गरियको थियो त्यही अनुरुप तत्कालीन नेकपा माओबादीले सनातन धर्मलाई समाप्त पार्नका लागी बिश्वकै सबैभन्दा प्राचिन र प्रख्यात भाषा सँस्कृत भाषामाथी आक्रमण गर्यो, जनयुद्धको नाममा केही पण्डितहरुको हत्या  गर्यो र कैयौँ मन्दिरहरु भत्कायो तर चर्चलाई चलायन। माओबादीको शसस्त्र युद्धमा तत्कालिन नेकपा एमालेको पनी सहभागीता थियो, प्रचण्डले सार्बजनिक कार्यक्रममा जनयुद्ध पनी मिलेर लडेका थियौँ सरकार पनी मिलेर चलाउछौँ भनेर बोलेका छन्  भने प्रम ओलीलगायत तत्कालिन नेकपा एमालेका कुनै पनी नेताले प्रतिकृया नजनायर उक्त भनाईलाई मौन समर्थन जनायका छन्।
यही शसस्त्र युद्धको जगमा बसेर बिदेशी शक्तीको निर्देशनमा बिदेशी भुमिमा बसेर राष्ट्रघाती बाह्रबुँदे सहमती गर्दै काङ्ग्रेस र एमाले लगायतका दलहरुलाई आफ्नो मौलिक सिद्धान्तबाट स्खलित बनाई माओबादीकै निती र सिद्धान्तको भारी बोकायर कथित जनआन्दोलन मार्फत सत्ता कब्जा गरेर राज्यको ढुकुटी बाँडिचुँडी खाने सँस्कृतिको बिकाश गरियो। यही कथित जनआन्दोलनको बलमा भनौ या बिदेशी शक्तीको निर्देशनमा दुईपटक संबिधानसभाको निर्बाचन गरेर संबिधान निर्माण भयो, नेपालको संबिधान बनाउँदा बिदेशी निकायहरु सँग सोधियो र सल्लाह सुझाब लिइयो तर नेपाली जनताहरुलाई सोधियन, जनताहरुबाट लिईयको सुझाबको पोका नै नखोली रद्दीको टोकरीमा फ्याँकियो, सभासदहरुलाई संबिधानको धाराहरुमा छलफल गर्ने अबसर दिइयन , उनिहरुको उनिहरुको सुझाब लिईयन, उनिहरुलाई आफ्नो बिचार राख्ने अबसर पनी दिईयन, संबिधानको बिषयमा संसदमा छलफल पनी गरियन, दुई चार जना नेताहरुको ठाडो निर्देशनमा ह्विप जारी गरेर सभाषद्हरुलाई जबर्जस्ती संबिधान पास गर्न लगायर निरङ्कुश तबरले संबिधान जारी गरीयो।
ह्विप लगायर संबिधान जारी गर्नु आफैँमा अबैधानीक हो आज सम्म बिश्वका कुनैपनी देशहरुमा ह्विप लगायर संबिधान जारी गरेको उदाहरण छैन त्यसैले बर्तमान नेपालको सम्पुर्ण समस्याको जड नै संबिधान र यो संबिधानले सिर्जना गरेको शासनप्रणाली हो, जसले नेपाललाई खण्डित बनायो , परम्परालाई समाप्त पार्यो, सनातनी साँस्कृतिक र धार्मिक अतिक्रमण गरेर बिदेशी साँस्कृतिक र धार्मीक आस्थाहरु भित्रयायर धर्म-धर्म बीच घृणा फैलाउने काम गर्यो, बेथिती बिसङ्गती र बिकृती फैलायो, जातियता र क्षेत्रियताको नाममा एकताको सुत्रमा बाँधियर बसेका नेपालीहरुलाई बिखण्डन गर्ने काम गर्यो, राष्ट्रियता कमजोर बनायो। यो संबिधान र शासनप्रणालीका कारण आज जती यो राष्ट्रको अस्तित्व, स्वतन्त्रता र सार्बभौमसत्ता खतरामा पुगेको छ की यसभन्दा अगाडी इतिहासको कुनै कालखण्डमा यस्तो अबस्था आयको थिएन देश अबसानको अन्तिम बिन्दुतिर बढीरहेको छ।
परिबर्तनको श्रृङ्खला चल्दै जाने क्रममा नेपाल र नेपालीको भविष्य सुनौलो नभइ अन्धकारतिर धकेलियर असाध्यै डरलाग्दो अबस्थामा पुगेको छ यो राष्ट्रको शासनसत्ताको बागडोर सही नेतृत्वको हातमा पुर्याउन सकेमा समस्याको समाधान गरी पुन सामान्य अबस्थामा फर्किन सकिन्छ त्यसपछी मात्रै अन्य तपशिलका कुराहरु सम्भब हुनेछ। यो देशमा जब जब प्रजातन्त्र आयो तब-तब राष्ट्रियता खतरामा परेको छ संघिय गणतन्त्रमा त राष्ट्र नै नरहने स्थिती छ अब यो राष्ट्र जोगाउनका लागी बिदेशी हैकमबाद लाई नियन्त्रण गरेर यसको बिरुद्ध उभिनसक्ने साहसी नेतृत्वको आबश्यकता छ समग्र इतिहाँसको अध्ययन र बिष्लेशण गर्दा यस्ता साहसी नेतृत्व राजामात्र हुनसक्छन् भन्ने निष्कर्षमा पुगीन्छ त्यसैले नेपाली जनता र नेपाली माटोले राजतन्त्र मागेको छ। अब नेपाली जनता बिदेशी शक्तिका दलालहरुलाई स्विकार गर्न तयार छैनन्। नेपालका महान राजनेता मानियका बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ हरुले कहिल्यै राजतन्त्रको बिरोध गरेनन् उनिहरुले राजतन्त्र रहेन भने नेपाल पनी रहँदैन भन्ने बुझेका थिय, उनीहरुको राजनीतिक दस्ताबेजमा गणतन्त्र, संघियता, जातियता, क्षेत्रियता, धर्मनिरपेक्षता जस्ता राष्ट्रघाती सिद्धान्तहरु थियन, नेपाल सरकारलाई श्री ५ को सरकार बनाउनुपर्छ भन्ने बिपी कोइरालाले प्रस्ताब राखेका थिए। मदन भण्डारीले जबज को सिद्धान्त मार्फत राजसँस्थाको सह-अस्तित्व सहीत संसदिय बहुदलिय प्रजातन्त्रमा मार्शिय कम्युनिष्ट राजनीति सम्भब भयको बतायका थिय। के यि नेताहरु दरबारिया थिए ? के यि नेताहरुले राजनीति गर्न जानेका थियनन् ? के यि नेताहरु जननेता होइनन् ?
के यि बेग्लै इतिहास बनाउन सफल नेताहरुभन्दा प्रचण्ड, बाबुराम, केपी ओली र शेरबहादुर देउबा महान छन् ? प्रचण्ड, बाबुराम, केपी ओली र शेरबहादुर देउबाहरु, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठका पनिगुरु हुन् ? राजाको शासनकालमा अहिले जस्तो छाडातन्त्र र स्वतन्त्रता थियन होला, केही सिमीत कुराहरुमा अङ्कुस लगाइयको थियो होला तर राष्ट्रको इज्जत, अस्मिता र सार्बभौमसत्तामा कहिल्यै आँच आयको थियन, अन्तर्राष्ट्रिय जगतमा नेपालको मानसम्मान र इज्जतप्रतिष्ठा थियो, राजमार्गहरु बनेका थिए, उधोग कलकारखानाहरु खुलेका थिय तर अहिले राजत्न्त्रलाई पाखा लगायर यि याबत कुराहरुलाई धावस्त पारियको छ। जुन शासनप्रणाली ले देश र जनता प्रती अन्याय गरेको छ त्यो शासनप्रणाली अहिले नेपाली जनतालाई आवश्यक छैन त्यसैले, जसका पुर्खाले आफ्नो ज्यान हत्केलामा राखेर, आफ्नो रगत पसिना बगायर सनातन नेपाली धर्म, सँस्कृती, जातजाती, सम्प्रदाय र तिनका सँस्कार, परम्परा लगायत राष्ट्र, राष्ट्रियता जोगायर आजको अबस्थामा सुरक्षित अबतरण गरायका छन् तीनका सन्ततीले मात्र यो नेपाल अधिराज्यको संरक्षण गर्न सक्छन् अन्यथा ………

तपाइँको प्रतिक्रिया