अनमोललाई ‘धुपौरे’ बनाउदै साम्तेन - Super Hit News
Wed. Oct 23rd, 2019

अनमोललाई ‘धुपौरे’ बनाउदै साम्तेन

सुपरहिट न्युज
काठमाडौं,७ असोज

अभिनेता अनमोल केसी धुपौरे बन्ने भएका छन् । उनलाई निर्देशक साम्तेन भुटियाले ‘धुपौरे’ बनाउन लागेका हुन् । खास कुरा के हो भने, अनमोल साम्तेनले निर्देशन गर्ने ‘धुपौरे’ नामक फिल्ममा अनुबन्धित भएका हुन् ।

जयन श्रेष्ठ र रुपेन्द्र खड्गी निर्माता रहेको ‘धुपौरे’ का अन्य कलाकार र प्राबिधिक फाइनल गरिएको छैन । मंसिर तेश्रो साताबाट सुटिङ थालिने बताइएको ‘धुपौरे’ एक्शन–लभस्टोरीमा रहेको बताइन्छ । अनमोल पछिल्लो समय होम प्रोडक्शनको ‘एन्टी हिरो’ मा बाबु भुवन केसीसँग देखिने तयारी छन् । तर, अहिले एकाएक ‘धुपौरे’ मा अनुबन्धित भएको खबर आएको छ । अनमोलले यो फिल्मका लागि करिब ५० लाख रुपैयाँ पारिश्रमीक दिएको चर्चा चलेको छ । यसको आधिकारिताबारे भने निर्माण पक्षले जवाफ दिएको छैन ।

Director Samten n Anmol

साम्तेनले निर्देशक गरेका अहिलेसम्म प्रदर्शीत कुनै फिल्म पनि हिट छैनन् । उनका ‘लेटर’,‘तान्द्रो’, ‘साढे सात’ लगायतका फिल्म प्रदर्शन भइसकेका छन् भने ‘अनागत’ हलमा नलाइ सिधै आइफ्लििक्समा आयो । अर्काे फिल्म ‘सुस्केरा’ निर्माणमै अल्झीएको छ । ‘च च हुइ’ भने मंसिर ६ मा प्रदर्शन हुदैछ । ‘एन्टी हिरो’ को सुटिङ तत्काल नहुने भएकाले अनमोल ‘धुपौरे’ मा लागेको बताइन्छ । लगातार फ्लप फिल्म दिएका साम्तेनले महंगो पारिश्रमीकको बलमा अनमोललाई ‘धुपौरे’ मा अनुबन्धित गराउन सफल भएको चर्चा सिनेबजारमा छ ।

तपाइँको प्रतिक्रिया