टेकबहादुरले ल्याए ‘परदेशीको दशै’ - Super Hit News
Wed. Oct 23rd, 2019

टेकबहादुरले ल्याए ‘परदेशीको दशै’

सुपरहिट न्युज
काठमाडौं, ८ असोज

हिन्दू धर्मालम्बीको सबैभन्दा ठूलो चाड दशै नजिकिदै जादा यससम्बन्धी गीत सार्वजनीक गर्ने क्रम चलेको छ । गायक टेकबहादुर अधिकारीले दशैको सेरोफेरोलाई बुनेर ‘परदेशीको दशै’ बोलको दशै गीत दर्शक–स्रोतामाझ ल्याएका छन् ।


गीत गायनमा टेकबहादुरलाई गायिका गीतादेवीले साथ दिएकी छिन् । एक्शन फिल्मस्ले निर्माण गरेको गीतको भिडियोमा परदेशमा रहेर आफ्नो गाउँघर सम्झीए भावुक हुने आम नेपालीको यथार्थता प्रस्तुत गरिएको छ । युवराज खत्रीले छायांकन,निर्देशन र सम्पादन रहेको भिडियोमा नवराज राउत र समिता तामाङको अभिनय छ । गाक टेकबहादुरकै शब्द रहेको गीतको लय बिष्ण तामाङको हो ।

 

तपाइँको प्रतिक्रिया