‘छ माया छपक्कै’ को आधिकारिक पोस्टर यस्ता - Super Hit News
Wed. Oct 23rd, 2019

‘छ माया छपक्कै’ को आधिकारिक पोस्टर यस्ता

सुपरहिट न्युज
काठमाडौं, ८ असोज ।

बर्षकै प्रतिक्षित फिल्म ‘छ माया छपक्कै’ को आधिकारीक पोस्टर सार्वजनीक गरिएको छ । असोज २४ गते प्रदर्शन हुने फिल्मको तीन डिजाइनका पोस्टरमा दीपकराज गिरी,जितु नेपाल,केदार घिमीरे र केकी अधिकारीलाई प्रस्तुत गरिएको छ ।


दीपेन्द्र लामाको कथा र  निर्देशनमा बनेको फिल्मको केही दिनअघि ट्रेलर सार्वजनीक गरिएको थियो । ट्रेलर अहिले चर्चामा छ । कमेडी मिश्रीत ट्रेलरमा स्थानीय स्तरमा हुने राजनीति र त्यसले जनजीवनमा पार्ने प्रभावलाई प्रस्तुत गरेको देखिन्छ । दीपकराज गिरी, दीपाश्री निरौला र रोहित अधिकारीको निर्माणमा बनेको फिल्मको केही समयअघि सार्वजनीक ‘जुनको जुनेली’ गीत अहिले चर्चित छ । आमा सरस्वती मुभीज, रोहित अधिकारी फिल्मस् र आइएमइको प्रस्तुति रहेको फिल्ममा दीपकराज, जितु,केदार, केकीका साथमा शिसिर वाङ्देल,बिष्णु सापकोटा,सबिन बास्तोला,दीपक क्षेत्री,रमा थपलीयालगायतका कलाकारले अभिनय गरेका छन् ।

दीपक–दीपा टिमको यसअघिका सबै फिल्मले ब्लकबस्टर ब्यापार गर्दै आइरहेका छन् । त्यसकारण ‘छ माया छपक्कै’ ले अघिल्ला सबै फिल्मको ब्याबसायिक रेकर्ड तोड्ने बिश्वास गरिएको छ ।

तपाइँको प्रतिक्रिया