‘आमा’ को फस्र्टलुक, महाशिबरात्रीमा दर्शकमाझ - Super Hit News
Wed. Dec 11th, 2019

‘आमा’ को फस्र्टलुक, महाशिबरात्रीमा दर्शकमाझ

सुपरहिट न्युज 
काठमाडौं, १६ असोज

निर्देशक दीपेन्द्र के खनालको नयाँ फिल्म ‘आमा’ को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । निर्देशक खनालले बिहीबार सामाजीक संजालमार्फत आफ्नो फिल्मका बिभिन्न तीन डिजाइनका पोस्टर दर्शकमाझ ल्याएका हुन् ।

महाशिबरात्रीको अवसरमा ९ फागुनमा प्रदर्शन हुने फिल्मको पोस्टरमा अभिनेत्री द्धय मिथिला शर्मा र सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्री सुरक्षा केश मुण्डन गरेको अवस्थामा देखिएकी छिन् ।

चपली हाइट,भिजिलान्ते,भोले,पशुपतिप्रसाद, धनपति,चंगाचेटजस्ता चर्चित फिल्मका निर्देशक खनालले ‘आमा’ लाई आफ्नो करिअरकै फरक र उत्कृष्ट फिल्म भएको बताउदै आएका छन् । खनालकै लेखन र छायांकन रहेको फिल्मको निर्माता शर्मीला पाण्डे हुन् । डिएस डिजिटलको प्रस्तुति रहेको फिल्मको सहायकनिर्मातामा सन्तोष अधिकारी छन् । फिल्ममा सरिता गिरी,देशभक्त खनाल, मनिष निरौला,पदमप्रसाद पौडेल,लक्ष्मी भुसाललगायतले अभिनय गरेका छन् ।

तपाइँको प्रतिक्रिया