दर्शकसँग खेल्दै पुरस्कार दिदै ‘लभ यु हमेशा’ - Super Hit News
Thu. Nov 14th, 2019

दर्शकसँग खेल्दै पुरस्कार दिदै ‘लभ यु हमेशा’

सुपरहिट न्युज
काठमाडौं, ३० असोज

प्रदर्शन मिति नजिकीदै जादा ‘लभ यु हमेशा’ फिल्मले दर्शकमुखी कार्यक्रम सुरु गरेको छ । फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स सिनेमा घरमा पुगी दर्शकलाई बिभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकीत कप,पेन तथा डायरी प्रदान गरिरहेका छन् ।


कार्तिक १५ मा इन्डिया र कार्तिक २२ गते देशभरका हलमा एकसाथ प्रदर्शन हुने फिल्मको दर्शक साक्षात्कार कार्यक्रम मंगलबार चावहिलस्थित गोपीकृष्ण हलबाट सुरु गरिएको हो । गोपीकृष्ण हलमा फिल्मका प्रमुख अभिनेता यशराज गरच,अभिनेत्री फिजा योन्जन तथा हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ ले दर्शकहरुसँग साक्षात्कार गरेका थिए ।


भास्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङले निर्माण गरेको फिल्मले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ । फिल्म प्रदर्शनभन्दा दुई साताअघिबाट दैनिक रुपमा फेसबुक तथा टिभी लाइभ शोमार्फत उपहार बिजेता सार्वजनीक गरिने निर्माण पक्षले जनाएको छ ।


धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको सहनिर्मातामा मिलन गुरुङ छन् । फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको बितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

तपाइँको प्रतिक्रिया