‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक, कलाकारको टोली पुग्यो बिग मुभीज - Super Hit News
Thu. Nov 14th, 2019

‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक, कलाकारको टोली पुग्यो बिग मुभीज

सुपरहिट न्युट
काठमाडौं, १ कार्तिक

‘लभ यु हमेशा’ फिल्मको ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । कार्तिक २२ गते देशभर र त्यसभन्दा एकसाताअघि अर्थात १५ कार्तिकमा इन्डियामा प्रदर्शन हुने फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् ।
त्रिकोणात्मक प्रेमकथानक फिल्मको ट्रेलरमा अभिनेता यशराज र अभिनेत्री द्धय फिजा योन्जन र ऋचा थापाबीचको प्रेम र त्यसमा आउने आरोह–अबरोह प्रस्तुत गरिएको छ । निर्देशक प्रधानकै लेखन रहेको फिल्म यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मका प्रमुख कलाकार अचेल फिल्मको प्रचारप्रशारका लागि काठमाडौका सिंगलदेखि मल्टिीप्लेक्स हलसम्म पुगेर दर्शकलाई बिभिन्न खेल खेलाउदै उपहार प्रदान गरिरहेका छन् । मंगलबार गोपीकृष्ण हलमा पुगेको कलाकारको टोलीले शुक्रबार कमलपोखरीस्थित बिग मुभीजका दर्शकसँग खेल खेलेको थियो ।


फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने स्किम निर्माण युनीटले ल्याएको छ । फिल्म प्रदर्शनभन्दा दुई साताअघिबाट दैनिक रुपमा फेसबुक तथा टिभी लाइभ शोमार्फत उपहार बिजेता सार्वजनीक गरिने छ ।


धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको बितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

हेर्नुस् ट्रेलर

 

 

 

तपाइँको प्रतिक्रिया