इन्डियामा सफलतासँगै ‘लभ यु हमेशा’ मंसिर १३ मा देशभर - Super Hit News
Thu. Nov 14th, 2019

इन्डियामा सफलतासँगै ‘लभ यु हमेशा’ मंसिर १३ मा देशभर

सुपरहिट न्युज
काठमाडौं, २१ कार्तिक

त्रिकोणात्मक प्रेमकथानक फिल्म ‘लभ यु हमेशा’ मंसिर १३ मा दर्शकमाझ आउने भएको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा बनेको फिल्म कार्तिक १५ गतेदेखि भारतका दार्जिलिङ,सिलगुढीलगायतका स्थानका हलहरुमा प्रदर्शन भइरहेको छ । फिल्मले दर्शकको मन जितिरहेको निर्माण पक्षले जानकारी दिएको छ ।


पहिला कार्तिक २२ मा नेपालका हलमा प्रदर्शन हुने तयारी गरिएको भए तापनि प्राबिधिक कारणले ‘लभ यु हमेशा’ सो मितिभन्दा दुई साता पर सरेको जानकारी बितरक रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले दिएका छन् । कार्तिक २२ मा ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ लाई सहयोग गर्दै आफुहरुको फिल्म मंसिर १३ मा पुर्याएको बितरक करणले बताएका छन् । एकसाथ धेरै नेपाली फिल्म प्रदर्शन गरिदा निर्मातालाई नै हानी हुने भएकाले आफूहरु दुई साता पर सरेको कथन उनको छ ।

निर्देशक प्रधानकै लेखन रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल (छन्दे), शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । इन्डियाको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको सिनेमाटोग्राफर शिब ढकाल हुन् । यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।

हेर्नुस् ट्रेलर

 

तपाइँको प्रतिक्रिया