प्रितम आचार्यको स्वरमा ‘तिमीले बाटो फेर्यौ अरे-२’ सार्वजनिक - Super Hit News
Wed. Jan 29th, 2020

प्रितम आचार्यको स्वरमा ‘तिमीले बाटो फेर्यौ अरे-२’ सार्वजनिक

सुपरहिट न्युज
काठमाडौं,पुष ४

भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिटिल चाम्स’ मा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल बाल गायक प्रितम आचार्यको स्वरमा ‘तिमीले बाटो फेर्यौ अरे-२’ सार्वजनिक भएको हो । मेलिना राईको स्वरमा रहेको ‘तिमीले बाटो फेरयौ अरे…’ ले युट्युवमा करोड भ्युअर्स पुग्नै लाग्दा गीतकार दर्पण राईले प्रितमको स्वरमा नयाँ भर्सनको ‘तिमीले बाटो फेरयौ अरे-२’ सार्वजनिक गरेका हुन् । विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियो राम केसीले खिचेका तथा टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

‘यो मुटु दुःखछ किन’, ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोता/दर्शकको मन मष्तिकमा राज गर्न सफल गीतकार दर्पणले प्रितमको स्वरमा रहेको नयाँ भर्सनको गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता/दर्शकको साथ पाउनेमा आफू आशावादी रहेको बताए । ‘सारेगम प लिलिट चाम्स’ पछि प्रितमको यो पहिलो गीत हो । प्रितमले यसअघि दर्पणको गीत ‘यो मुटु दुख्छ किन’मा पनि स्वर दिएका थिए ।

तपाइँको प्रतिक्रिया