३६ प्रतिस्पर्धी छानिए मिस एण्ड मिसेस ब्युटिफुल २०२०का लागि - Super Hit News
Wed. Jan 29th, 2020

३६ प्रतिस्पर्धी छानिए मिस एण्ड मिसेस ब्युटिफुल २०२०का लागि

सुपरहिट न्युज
पुष ११ ,काठमाडौं

सौन्दर्य प्रतियोगिता मिस र मिष्टर ब्युटिफुल २०२०का लागि ३६ प्रतिस्पर्धी छनोट भएका छन् । विभिन्न अडिनसबाबट ३६ जना प्रतियोगि छनोट भएको आयोजक संस्था दक्ष इन्टरनेशनलका निर्देशक राज पाण्डेले बताए । अडिसनमा बरिष्ठ कलाकार सरोज खनाल, रमेश उप्रेती, अश्विन झा, स्मृती पोखरेल, सारा श्रेष्ठ निर्णयक रहेका थिए ।

प्रतियोगिताले किशोर किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको राज पाण्डेले बताए । ‘सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ प्रतियोगिहरुलाई’, उनले भने । राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी फागुन २ गते मिष्टर एण्ड मिस ब्युटिफुल घोषणा गरिदै छ । विजेताहरुलाई ताज र विभिन्न गिफ्ट ह्यापर प्रदान गरिने छ ।

उनकाअनुसार राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी फागुन २ गते मिष्टर एण्ड मिस ब्युटिफुल घोषणा गरिदै छ । विजेताहरुलाई ताज र विभिन्न गिफ्ट ह्यापर प्रदान गरिने छ ।

तपाइँको प्रतिक्रिया