‘साङ्लो’ ट्रेलरमा बिराजको मारधाड,माघ २४ मा हुनेछ बबाल - Super Hit News
Wed. Jan 29th, 2020

‘साङ्लो’ ट्रेलरमा बिराजको मारधाड,माघ २४ मा हुनेछ बबाल

सुपरहिट न्युज
पुष १८,काठमाडौं ।

अभिनेता बिराज भट्ट स्टारर फिल्म ‘साङ्लो’ को शुक्रबार राजधानीमा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा अभिनेता भट्टको एक्सन अवतारलाई फोकस गरिएको छ ।  पुर्व मिस नेपाल निकिता चाण्डक बिराजको अपोजिटमा देखिएकी छिन् ।


अभिनेता भट्ट स्वयम् निर्माता र निर्देशक रहेको फिल्मले किड्नी  तस्करीको कथा उठान गरेको छ । माघ २४ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई विराजको सुखद कमव्याकको रुपमा हेरिएको छ । एक्सन, लभस्टोरी फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारको मुख्य भूमिका छ ।

बिराज भट्ट प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई शिवम अधिकारीले पटकथा तथा संवादमा ढालेका हुन् । बिराज स्वंयमको कथा रहेको फिल्मलाई मानकृष्ण महर्जनले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्धन्द्व निर्देशन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ । फिल्ममा तेजबहादुर खड्का निर्माता छन् ।

तपाइँको प्रतिक्रिया