हेर्नुस् ‘कमाण्डर’ को ट्रेलर, माघ १० मा आउदैछ दर्शकमाझ - Super Hit News
Wed. Jan 29th, 2020

हेर्नुस् ‘कमाण्डर’ को ट्रेलर, माघ १० मा आउदैछ दर्शकमाझ

सुपरहिट न्युज
१८ पुस, काठमाडौं ।

एक्शन लभस्टोरी फिल्म ‘कमाण्डर’ को प्रदर्शन मितिसँगै ट्रेलर सार्वजनीक गरिएको छ । एलआर विबेक सापकोटाको निर्देशनमा निर्माण भएको फिल्म माघ १० गते प्रदर्शन हुनेछ ।
फिल्ममा अनुपबिक्रम शाही, रबिन तामाङ,ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,साधना सिलवाल,दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा,पटकथा, सम्वाद पनि निर्देशक एलआरकै हो । निर्देशक एलआर नै निर्माता रहेको फिल्मको सहनिर्मातामा सावनजंग राना छन् ।


‘कमाण्डर’ भ्रष्टाचार,तस्करी,लागूऔषध कारोबार,चेलीबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआर बताउछन् । फिल्ममा इमान्दार प्रहरी अधिकृतको देशप्रेमलाई समेत प्रस्तुत गरिएको बताइन्छ । दिब्यराज सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । आरआर फिल्मस्ले वितरण गर्ने ‘कमाण्डर’ मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देशसमेत प्रस्तुत गरिएको बताइन्छ ।

 

तपाइँको प्रतिक्रिया