आयो माघ २४ गतेबाट रिलिज हुने फिल्म ‘सेल्फी किङ्ग’को ट्रेलर - Super Hit News
Wed. Jan 29th, 2020

आयो माघ २४ गतेबाट रिलिज हुने फिल्म ‘सेल्फी किङ्ग’को ट्रेलर

सुपरहिट न्युज
२२ पुस, काठमाडौं ।

माघ २४ गतेबाट रिलिज हुने फिल्म ‘सेल्फी किङ्ग’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको शिर्ष भूमिकामा नायक विपिन कार्कीलाई देखाइएको छ । विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा दिनेश राउत र सुभाष थापाको लगानी छ । प्रबल कोइराला र राजेश विसुराल यो फिल्मका सह–निर्माता हुन् ।

फिल्ममा विपिनको साथमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा सुसन प्रजापतिको छायांकन, निर्मल कुमार लामाको कोरियोग्राफी, जीवन थापाको सम्पादन छ ।

तपाइँको प्रतिक्रिया