विराट सडक महोत्सवमा सिंहले झुमाए दर्शक - Super Hit News
Fri. Feb 28th, 2020

विराट सडक महोत्सवमा सिंहले झुमाए दर्शक

सुपरहिट न्युज
बिराटनगर, ५ माघ ।

पपगायक अनिल सिंहले ‘विराट सडक महोत्सव–०७६’ मा दर्शक झुमाएका छन् । उनले बिराटनगरको महेन्द्रचोकमा आयोजित महोत्सवको पहिलो दिन आफ्ना चर्चित गीत प्रस्तुत गरे । भाइरल इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा गायक सिंहले आफ्ना दर्जनभन्दा बढी गीत गाएका थिए ।


बिगत १४ बर्षदेखि बिराटनगरका स्रोतादर्शकमाझ प्रस्तुत हुदै आएका गायक सिंहले प्रेमपत्र, आई लभ यू, सक्छौ भने विष देउ, डुब्न देउ मलाई, इन्जिन गाडीमा, मैले जानि सकेंलगायतका आफ्ना हिट गीत गाएका थिए । माघे संक्रान्तिको दिनदेखि सुरु भएको चार दिने महोत्सव शनिवार सकिएको छ । महोत्सवमा अनिललगायत थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिएका थिए । महोत्सवमा खाना, संगीत र संस्कृतिलाई प्राथमिकता दिइएको आयोजक संस्थाको दावी छ ।

तपाइँको प्रतिक्रिया