‘कमाण्डर’ बारे निर्देशक र हिरोइनहरुको यस्तो खुलासा - Super Hit News
Fri. Feb 28th, 2020

‘कमाण्डर’ बारे निर्देशक र हिरोइनहरुको यस्तो खुलासा

सुपरहिट न्युज
काठमाडौं, ७ माघ ।

‘कमाण्डर’ फिल्मले प्रचारप्रशारलाई तीव्रता दिएको छ । एलआर बिबेक सापकोटाको लेखन,निर्माण र निर्देशन बनेको फिल्म आउदो शुक्रबार अर्थात् १० माघदेखि देशब्यापी एकल प्रदर्शनमा आउदैछ । सोही सन्दर्भमा ‘कमाण्डर’ बारे जानकारी दिन मंगलबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरियो ।
इमान्दार प्रहरी अधिकृतले देश र नागरिकको हिफाजतका लागि के कस्ता परिस्थितिहरु सामना गर्नुपर्छ भन्नेलगायत समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीका बिबिध बिषय फिल्ममा उनीएको निर्देशक सापकोटाले बताए ।

‘फिल्ममा भरपुर मनोरञ्जनका साथै देशप्रतिको प्रेमभावलाई समेत प्रस्तुत गरिएको छ,’ निर्देशक सापकोटाले भने, ‘फिल्म आम दर्शकले मन पराउनेमा म आशावादी छु ।’ निर्देशक सापकोटाकै लेखन रहेको फिल्ममा अनुपबिक्रम शाही,रबिन तामाङ,साधना सिल्वाल,ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् ।

कार्यक्रममा अभिनेत्री साधनाले आफ्नो डेब्यु फिल्म ‘कमाण्डर’ पूर्ण मनोरञ्जक फिल्म भएको बताइन् । पहिलो फिल्ममै सिनीयर कलाकार तथा निर्देशकसँग काम गर्न पाउदा आफूलाई भाग्यमानी ठानेको कथन उनको छ । फिल्ममा आफूले सोझी गाउँले युवतीदेखि लिएर देश र समाजप्रति जिम्मेवार प्रहरीसम्मको भूमिका निर्वाह गरेको उनले खुलाइन् । ‘मैले सक्दो राम्रो गर्ने कोसिस गरेकी छु । बाँकी भगवान रुपी दर्शकको हातमा छ,’ यसअघि केही म्युजीक भिडियोमा अभिनय गरेकी साधना भन्छिन्, ‘मैले बिबिध किसीमको अभिनय गर्ने अबसर पाएको छु । दर्शकले मेरो काम मन पराएर यो क्षेत्रमा अघि बढ्न अझ प्रेरित गर्नुहुनेछ भन्नेमा आशावादी छु ।’

अर्की डेब्यु अभिनेत्री सगुन पनि यो फिल्मबाट आशावादी छिन् । ‘पहिलो पटक पर्दामा देखिदैछु । अलि अलि नर्भस तर धेरै एक्साइटेड छु,’ सगुनले भनिन्, ‘मेरो पहिलो प्रयास दर्शकले स्वीकारिदिनुहुनेछ भन्नेमा मलाई बिश्वास छ ।’ डेब्युमै निकै सिनियर कलाकार तथा निर्देशकसँग काम गर्न पाउदा धेरै कुरा सिक्ने अबसर पाएको उनले बताइन् ।

कार्य ब्यस्तताका कारण कार्यक्रममा अभिनेता द्धय अनुपविक्रम र रविन तामाङ उपस्थिति हुन नसके तापनि उनीहरुले ‘कमाण्डर’ लाई शुभकामना ब्यक्त गरेको निर्देशक सापकोटाले बताए । सुपेरियर फिल्मस्को ब्यानरमा एलआर बिबेकको प्रस्तुति रहेको फिल्मको सहनिर्मातामा सावनजंग राना छन् । आरआर फिल्मस् वितरक रहेको फिल्मका गीतमा मनोज चौलागाईको शब्द,संगीत, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन र पवित्रा आचार्यको कोरियोग्राफी छ ।

फेरि हेर्नुस ट्रेलर–

तपाइँको प्रतिक्रिया