देशभर सोलो ‘कमाण्डर’ - Super Hit News
Fri. Feb 28th, 2020

देशभर सोलो ‘कमाण्डर’

सुपरहिट न्युज ।
काठमाडौं, १० माघ ।

♣ फ्राइडे रिलिज ♣
शुक्रबार अर्थात् आज एउटा मात्रै नेपाली फिल्म–‘कमाण्डर’ प्रदर्शनमा आएको छ । समसायिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका समाजीक बिकृतिबिरुद्धका बिषयलाई समेटिएको फिल्मको लेखन, निर्माण र निर्देशन एलआर बिबेकले गरेका हुन् ।

अनुपबिक्रम शाही,रबिन तामाङ,ध्रुव कोइराला,श्रीराम पुडासैनी,प्रेम शर्मा,दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका द्धय साधना सिलवाल र सगुन थापा मुख्य भूमिकामा रहेको फिल्ममा अनुप इमान्दार प्रहरी अधिकृतको भूमिकामा छन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्मीत फिल्मको सहनिर्मातामा सावनजंग राना छन् । दिब्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको फिल्मले शुक्रबार उत्साहजनक ब्यापार गरेको जानकारी निर्देशक सापकोटाले दिएका छन् ।

तपाइँको प्रतिक्रिया