‘ताकतवर’ को एक्शनदार ट्रेलर, चैत्र १४ मा रिलिज हुने सम्भावना - Super Hit News
Fri. Feb 28th, 2020

‘ताकतवर’ को एक्शनदार ट्रेलर, चैत्र १४ मा रिलिज हुने सम्भावना

सुपरहिट न्युज
काठमाडौं,१२ माघ ।

केही समयअघि निर्माण भएको एक्शन फिल्म ‘ताकतवर’ को ट्रेलर सार्वजनीक गरिएको छ । गजेन्द्र रञ्जितको निर्देशनमा बनेको फिल्म चैत्र १४ गते दर्शकमाझ आउने सम्भावना छ । सविन श्रेष्ठ,स्व.रामकेशर बोगटी महिमा सिलवाल,ध्रुव कोइराला,शेखर सुवेदी,रिजा भुसाललगायतले अभिनय गरेको फिल्मको निर्मातानिर्देशक रञ्जित स्वयम् र आरती शाही हुन् ।

जिआर प्रोडक्शन र आर्ट मुभीजको ब्यानरमा निर्माण भएको फिल्मको सहनिर्माता नारायण कृष्ण महर्जन,सुनील बिष्ट र बद्रि फुँयाल छन् । सुनील प्रकाश श्रेष्ठले लेखेको फिल्म रामेश्वर हुमागाईले खिचेका हुन् । फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन, रामजी लामीछानेको कोरियोग्राफी र मित्र ध्वज गुरुङको सम्पादन छ । फिल्मको शनिबार राजधानीमा प्रेसमिट गरि ट्रेलर सार्वजनीक गरिएको हो । यसअघि सोभित बस्नेतको निर्देशनमा ‘राज’ र सानु शाक्यको निर्देशनमा ‘बर्षात्’ फिल्म निर्माण गरेका गजेन्द्रले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । उनले ‘ताकतवर’ पछि ‘नरसिम्हा’ नामक फिल्म पनि निर्देशन गरेका छन् ।

हेर्नुस् ट्रेलर–

तपाइँको प्रतिक्रिया