‘साङ्लो’ को झ्याम्मै आँखामा बिराज र निकीता - Super Hit News
Fri. Feb 28th, 2020

‘साङ्लो’ को झ्याम्मै आँखामा बिराज र निकीता

सुपरहिट न्युज
काठमाडौं, १२ माघ ।

अभिनेता बिराज भट्टको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘साङ्लो’ मा समाबेश दोश्रो गीत सार्वजनीक गरिएको छ । झ्याम्मै आँखा झ्याम्मै बोलको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर छ ।


माघ २४ गतेबाट प्रदर्शन हुने फिल्ममा बिराज स्वयम्का साथमा पूर्वमिस नेपाल निकिता चण्डाक,प्रकाश शाह,जयनन्द लामा,कामेश्वर चौरसिया,शिसिर भण्डारी,आरपी पन्तलगायतका कलाकारले अभिनय गरेका छन् ।


सार्वजनीक गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ भने भिडियोको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । बिराज भट्ट प्रोड्क्शनको ब्यानरमा निर्माण भएको फिल्मको यसअघि चरीले काफल टिप्यो बोलको गीत दर्शकमाझ ल्याइएको थियो । सो गीत अहिले चर्चामा छ । मानकृष्ण श्रेष्ठले खिचेको फिल्मको निर्मातामा तेजबहादुर खड्का छन् ।

हेर्नुस् गीत– 

तपाइँको प्रतिक्रिया