‘चपली हाइट–३’ मा स्वस्तिमा र सुपुष्पाको बोल्ड डान्स - Super Hit News
Fri. Feb 28th, 2020

‘चपली हाइट–३’ मा स्वस्तिमा र सुपुष्पाको बोल्ड डान्स

सुपरहिट न्युज
काठमाडौं, १३ मंसिर ।

‘चपली हाइट’ को दोश्रो सिरिज ‘चपली हाइट–३’ मा समाबेश ‘चार आनाको मसला’ बोलको आइटम गीतको छायांकन ठमेलस्थित एक क्लवमा गरिएको छ ।


२८ चैत्रमा प्रदर्शन हुने फिल्मको सो गीतसँगै सम्पूर्ण छायांकन पूरा भएको निर्माता अर्जुनकुमारले जानकारी दिएका छन् । अस्मिता अधिकारी र राज खुम्बुको स्वरमा रहेको सो गीतमा अभिनेत्री द्धय स्वस्तिमा खड्का र सुपुष्पा भट्टका साथमा अमीर गौतम, महेश त्रिपाठीलगायतका मुख्य कलाकारलाई फिचर गरिएको छ ।

प्रदिप लामाले कोरियोग्राफी गरेको गीत शब्द र संगीत सुवास भुसालको छ । सस्पेन्स थ्रीलर जनराको फिल्मको निर्देशक निकेश खड्का हुन ।
निर्माता अर्जुनकुमारले ‘चपली हाइट’–३ आफ्ना विगतका फिल्म भब्य बनेको दावी गर्दै आइरहेका छन् । यसपाली नयाँ बर्ष ०७७ को उपहार स्वरुप दर्शकलाई यही फिल्म दिने चाहना उनको छ ।

तपाइँको प्रतिक्रिया