गायिका देबिका वन्दनाको ‘भोलिलाई कस्ले पो देख्या छ’ - Super Hit News
Fri. Feb 28th, 2020

गायिका देबिका वन्दनाको ‘भोलिलाई कस्ले पो देख्या छ’

सुपरहिट न्युज
काठमाडौं, २५ मंसिर ।

गायिका देबिका वन्दनाको मारुनी गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको शब्द, सङ्गीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको मिक्सिङ/माष्टरिङ रहेको छ । दीप शाक्य श्रेष्ठको निर्देशन/कोरियोग्राफ्री रहेको भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ र विजी एरोविक एण्ड डान्स एकेडमी पोखराको डान्स ग्रुपलाई फिचरिङ गरिएको छ । अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा संजय लामाको छायाँकन र विजेश पौडेलको सम्पादन रहेको छ । गीतको भिडियोलाई देबिकाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गायिका देबिकाले ‘एउटा परदेशी’, ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’, ‘नेपाली माया चाहिन्छ’, ‘यस्तै रहेछ यहाँको चलन’, ‘तिमीलाई मेरो यो आँखामा’लगायत दर्जनौ राष्ट्रिय, भजन, सुगम सङ्गीत र चलचित्रका चर्चित गीत स्रोता/दर्शकमाझ पस्किएकी छन् । आफ्ना अन्य गीत जस्तै भरखरै सार्वजनिक गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ले पनि स्रोता/दर्शको माया पाउने आफू आशावादी रहेको बन्दनाले बताइन ।

तपाइँको प्रतिक्रिया