बिशेष शोमा ‘दोषी को ?’ ले पायो तारिफ - Super Hit News
Fri. Feb 28th, 2020

बिशेष शोमा ‘दोषी को ?’ ले पायो तारिफ

सुपरहिट न्युज ।
काठमाडौं,२६ माघ

निमा लामा तामाङको निर्देशन, गोपी अधिकारीको निर्माण र करण थापा मगरको प्रस्तुति रहेको समाजीक कथानक फिल्म ‘दोषी को ?’ को शनिबार चलचित्र बिकास बोर्डमा बिशेष शो आयोजना गरियो । शोमा उपस्थिति दर्शकले ‘दोषी को ?’ मन पराएर तारिफ गरेका थिए ।


राष्ट्रवादी अभिनेता, निर्माता तथा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष नवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न शोमा ‘दोषी को ?’ मा संलग्न कलाकार तथा प्राबिधिकलाई मायाको चिनो प्रदान गरिएको थियो ।

                                अभिनेता सुवास नेपाली

सडकमै जन्मिएर, सडकै जीवन ब्यथीत गर्न बाध्य नेपाली युवाको ममस्पर्शी कथालाई प्रस्तुत गरिएको फिल्ममा गरिबीका कारण प्रेममा आउने उचाढ चढावको बिषयलाई समेत समेटिएको छ । कार्यक्रममा बोल्दै अभिनेता खड्काले बिदेशी फिल्मका कारण नेपाली फिल्मको अपेक्षाकृत बिकास हुन नसकेको तथ्य औल्याउदै सम्बन्धी निकाय र सरोकारवालाले बिशेष कार्यक्रम ल्याउनु पर्ने धारणा राखे । उनले अधिकांश हलले नेपाली फिल्मलाई हेला गरि बिदेशी फिल्मलाई माया गर्ने गरेकाले सबै निर्माता एकजुट भइ स्वदेशी फिल्मको उत्थानमा लाग्नु पर्ने बताए ।


करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगरको प्रस्तुति रहेको फिल्ममा सुवास नेपाली,करण थापा मगर,सपना लामा,नेहा गौतम,गोपी अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् । बिशेष शोमा फिल्म हेरेका जति सबैले मन पराएकाले आफूलाई यो क्षेत्रमा केही गर्न थप हौसला मिलेको निर्माता गोपीले बताए ।

                               निर्माता गोपी अधिकारी

आफ्नो फिल्ममा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत रहेकाले आम नेपालीले हेर्नुपर्ने धारणा निर्माता अधिकारीको छ ।


यसअघि ए सोल्टिनी निर्देशन गरेका निर्देशक लामाले ‘दोषी को ?’ ले आम दर्शकको मन जित्ने बिश्वास ब्यक्त गरे । करण थापा मगरको लेखन,गोपी अधिकारी र सन्तोष सुनामको संगीत,बिश्वास भण्डारीको छायांकन र सम्पादन, मित्र ध्वज गुरुङको कलर र रमेश रेग्मीको कोरियोग्राफी छ ।


फिल्म केही समयभित्र बिभिन्न देशमा प्रदर्शन गरिने र केही समयपछि स्वेदेशका हलमा ल्याइने निर्माण पक्षले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया