पोस्टरमा हेर्नुस् ‘धुलो’, फिल्म चाहिँ १६ फागुनमा देशभर - Super Hit News
Fri. Feb 28th, 2020

पोस्टरमा हेर्नुस् ‘धुलो’, फिल्म चाहिँ १६ फागुनमा देशभर

सुपरहिट न्युज
काठमाडौं,२८ माघ ।

राजधानीको सुकुम्बासी बस्तीमा बस्ने गरिब रिक्सा चालकको जीवनशैली, सपना, संघर्ष र दुखपीडाको वास्तवीक कथामा निर्माण गरिएको फिल्म ‘धुलो’ को प्रदर्शन मिति तय गरिएको छ ।
लामो समयदेखि चलचित्र तथा संचार क्षेत्रमा आबद्ध प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको ‘धुलो’ आगामी फागुन १६ गते देशभरका हलमा एकसाथ प्रदर्शन हुने पक्का भएको छ ।

 

सिके वाग्लेको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ,अग्रज केसी,सृजना सुब्बा,प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य भूमिका ममा छन् भने नीर शाह, सुसील पोखरेल र लक्ष्मी बर्देवालाई बिशेष भूमिकामा देख्न पाइने छ ।

 

लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता तथा दीपा धरेल सहनिर्माता रहेको फिल्म सुवास सिंह बस्न्यातले लेखेका हुन् । रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका छन् । फिल्म हरेक कोणबाट उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने बिश्वास निर्देशक मिश्रको छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा लभ,सेन्टिमेन्टस र आइटम भावका चार वटा गीत समाबेश छन् ।

 

तपाइँको प्रतिक्रिया