निर्मात्रीको जन्मदिन पारेर निर्देशक बोहराको ‘ओह प्रिया’ घोषणा - Super Hit News
Fri. Feb 28th, 2020

निर्मात्रीको जन्मदिन पारेर निर्देशक बोहराको ‘ओह प्रिया’ घोषणा

सुपरहिट न्युज
काठमाडौं,२८ माघ ।

प्रेमकथामा ‘ओह प्रिया’ नामक फिल्म निर्माण हुने भएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराले निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार,चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ निर्माण घोषणा गरेका हुन् ।
कलाकार र प्राबिधिकको छनौट कार्य जारी रहेको फिल्मलाई सिनेम्याक्स लण्डनले बिरंजना इन्टरटेन्मेन्ट र इएसबि फिल्म नेपालसँगको सहकार्यमा निर्माण गर्न लागेको हो । सृजना जोशी महर्जन कार्यकारी निर्माता र एलिस अधिकारी लाइन प्रोड्युसर रहेको फिल्मको स्क्रिप्ट पनि निर्देशक बोहराकै हो,संगीत एलिस कार्कीको रहने छ ।


वेल्स,स्कटल्याण्ड, लण्डन,क्यानडा र नेपालका बिभिन्न स्थानमा खिचिने फिल्मको सुटिङ जुन अन्तिममा सुरु गरिने जानकारी निर्देशक बोहराले दिएका छन् । सन् २०२१ को भ्यालेन्टाइन्ड डे अर्थात्, फागुन २ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म हाइ बजेटको हुने बताईएको छ ।
‘अग्नी परिक्षा’, ‘कान्छा’,‘मुट’,‘ठूली’,‘भैरे’ लगायतका फिल्म निर्देशन गरेका बोहराको ‘हेलो जिन्दगी’ को हाल लण्डन र काठमाडौमा भिएफएक्स कार्य भइरहेको छ भने सो फिल्म दशैको छेकोमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ । निर्देशक बोहराकै निर्देशनमा अभिनेता बिक्रम जोशीले यसअघिनै ‘आइडी नं ८८४८’ निर्माण गर्ने घोषणा गरेका थिए । सो फिल्म हाल प्रि–प्रोडक्शनमा छ । ‘ओह प्रिया’ सँगै सो फिल्म पनि फ्लोरमा जाने बताइएको छ ।

तपाइँको प्रतिक्रिया