स्क्रिप्ट राइटर पंगेनीको ‘यस्तो माया गर मलाई’ मा गजित र अञ्जली - Super Hit News
Fri. Feb 28th, 2020

स्क्रिप्ट राइटर पंगेनीको ‘यस्तो माया गर मलाई’ मा गजित र अञ्जली

सुपरहिट न्युज
काठमाडौं, २ फागुन ।

स्क्रिप्ट राइटरका रुपमा चर्चित सुशील पंगेनीले म्युजिक भिडियोबाट निर्देशन यात्रा सुरु गरेका छन् । फिचर फिल्म निर्देशनको तयारीमा रहेका उनले भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीतमा रहेको ‘यस्तो माया गर मलाई’ बोलको गीतको भिडियो निर्देशन गरेका हुन् ।


भिडियोमा अभिनेता गजित बिष्ट र मोडल अञ्जली अधिकारीलाई पतिपत्नीका रुपमा प्रस्तुत गरिएको छ । दाम्पत्य जीवनमा हुने नोकझोकको बिषयलाई प्रस्तुत गरिएको भिडियो सुमनकुमार तण्डुकारले खिचेका हुन् । भिडियोको कलर र सम्पादन नवीन निरौलाले गरेका छन् । आफूले सुशील पंगेनी फिल्ममार्फत् केही समयपछि फिल्म निर्माण र निर्देशन गर्न लागेको सन्दर्भमा यो म्युजीक भिडियो निर्देशन गरेको उनले बताएका छन् । भ्यालेन्टाइन्स डेको अबसर पारेर शुक्रबार ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छ ।

हेर्नुस् भिडियो

तपाइँको प्रतिक्रिया