रजनीकान्तको 'अन्नात्थे' मा गोपीचन्द खलनायक - Super Hit News
Sun. Mar 29th, 2020

रजनीकान्तको ‘अन्नात्थे’ मा गोपीचन्द खलनायक

सुपरहिट न्युज
काठमाडौं, २८ फागुन ।

केहि समयको रेस्ट पछि टलिउड सुपरस्टार रजिनिकांत आफ्नो अर्को फिल्मको तयारीमा लागेका छन् । फिल्म २,0 को अपार सफलता पछि अहिले उनि फिल्म ‘अन्नात्थे’ मा व्यस्त छन्। यस फिल्ममा रजिनिकांतको अपोजिटमा तेलेगु स्टार गोपी चन्द खलनायकको भूमिकामा रहनेछन। गोपिलाई यस अघि नेगेटिभ रोलमा नदेखीएको भने हैन। उनले यो भन्दा अघि धेरै फिल्ममा नेगेटिभ रोल गरिसकेका छन्। केहि समय अगाडी उनको फिल्म ‘सीटी मार’ को फस्ट लुक सार्बजनिक भएको थियो। २०२० मा गोपिको फ्यानहरुको वेटिंग लिस्टमा २ फिल्म रहनेछ।

फिल्म ‘अन्नात्थे’ मा रजिनिकांत एक दयावान र मायाले भरेको दाईको भूमिकामा देखिनेछन् । फिल्म अर्को महिनादेखि छायांकनमा जाने भएको छ । फिल्मलाई शिवाले निर्देशन गर्नेछन भने यसमा कलाकार कृति सुरेशको पनि अभिनय रहनेछ।

तपाइँको प्रतिक्रिया