पूर्व मिस नेपाल उषा खड्की र जीपीको दिभोर्ष - Super Hit News
Sun. Mar 29th, 2020

पूर्व मिस नेपाल उषा खड्की र जीपीको दिभोर्ष

सुपरहिट न्युज
काठमाडौं, २ चैत्र।

पूर्व मिस नेपाल उषा खड्कीले आफ्नो वैवाहिक जीवनको अन्त्य गरेकी छिन्। सम्बन्ध टुटाउनमा उनले ठुलै कारण रहेको बताउँछन्। एकअर्कासंग चिनजान भएको घुल्मिलेको १९ वर्ष पुगिसकेको तर सम्बन्ध दिन प्रति दिन बिग्रदा उनले यो निर्णय लिन बाध्य भएको बताउँछिन्। उषाले आफ्नो फेसबुकको पोस्ट मार्फत भनिन,” विवाह भएको १७ वर्ष पछि पनि एदि मैले शारिरिक र मानसिक दुरबेबाहार सहनु पर्छ भने त्यो सम्बन्धलाई निरन्तरता दिनु कुनै औचित्तै छैन। अब म यसलाई ‘नो’ भन्छु। तपाईहरुको माया र साथले मलाई अझ धेरै हिम्मत दिएको छ।”

उनि आफु र आफ्नो सन्तानको हकअधिकारको लागि लड्न परे पनि पछि नहट्ने बताउँछिन्। शनिबार राति पोस्ट गरेको स्ट्याटस संगै उनले केहि भिडियो पनि अपलोड गरेकी थिइन जसमा उनि बोल्दा बोल्दै रोएकी समेत थिई। कुनै बेला आफ्नो लभ स्टोरी र लभ कै कारणले गर्दा निकै कष्टसंग इन्टर म्यारिज गरेको जोडी थिए उनको। उषा र जीपी तिमिल्सिनाको जोडी यूवाहरुको लागि एउटा रोल मोडल बनेको थियो। तर समय संगै अहिले उनीहरु बिचको माया घट्दै गएको देखिन्छ।

तपाइँको प्रतिक्रिया