मिस्टर नेपाल ओसियानाको उपाधी राजेन्द्र रावलले हातपारे - Super Hit News
Sun. Mar 29th, 2020

मिस्टर नेपाल ओसियानाको उपाधी राजेन्द्र रावलले हातपारे

सुपरहिट न्युज
काठमाडौं, २ चैत्र।

मिस्टर नेपाल ओसियानाको फाइनल संगै यसको उपाधी राजेन्द्र रावलले हात पारेका छन्। ‘आज विजेता भएमा म्यान अफ द वल्र्डमा के सन्देश लिएर जानुहुन्छ?’ भन्ने जज प्यानलको प्रश्नमा उनले भनेका थिए- ‘नेपाल सामाजिक, धार्मिक र संस्कृतिले विविधता भएको देश हो । सगरमाथा, बुद्ध र बहादुर गोरखालीको देश हो । आज विजेता भएमा म विश्वलाई नेपाल बुद्ध र सगरमाथाको देश भनेर चिनाउनेछु ।’ राजेन्द्रको यहि उत्तरले उनलाई विजेता बनाएको हो । एस जितसंगै रावलले नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वल्र्ड’ मा सहभागी जनाउन पाउने भएका छन् । मिस्टर नेपाल ओसियानाको फष्ट रनरअप रजिन प्रधान, त्यस्तै सेकेण्ड रनरअपको उपाधी हात आयुष शाहीले पारेका छन् ।

तपाइँको प्रतिक्रिया