कमेडी च्याम्पियनको उपाधि हिमेश पन्थको हात - Super Hit News
Sun. Mar 29th, 2020

कमेडी च्याम्पियनको उपाधि हिमेश पन्थको हात

सुपरहिट न्युज
काठमाडौं, २ चैत्र।

नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधि हिमेश पन्थले हात पारेका छन् । उनका प्रतिष्पर्धीहरु सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै सनिबार उपाधि जितेका हुन्। उपाधि जितेसंगै हिमेशले २५ लाख नगद र कार उपाधि पाएका हुन् । साथै टप ३ लाई बिस्वो भर्मणमा समेत लगिने छ। शो विशाल भण्डारीले निर्देशन गरेका हुन् भने नायिका केकी अधिकारीले निर्माण गरेकी हुन्। जजमा बरिस्ट हास्यकलाकार सन्तोष पन्थ, मनोज गजुरियल, नायिका रिचा शर्मा, निर्देशक प्रदिप भट्टराई रहेका थिय । भने शो रिमा बिश्वोकर्माले संचालन गरेकी हुन् । फिनालेमा बरिस्ट हास्यकलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र संचारकर्मी तथा निर्देशक दिनेश डिसी पनि उपस्थित थिए ।

तपाइँको प्रतिक्रिया