आंचलको बिहेमा किन आएनन पल - Super Hit News
Sun. Mar 29th, 2020

आंचलको बिहेमा किन आएनन पल

सुपरहिट न्युज
काठमाडौं, ३ चैत्र।

चलचित्र बजारमा अहिले सबै भन्दा बढी चर्चित भएको बिषय हो नायिका आँचल शर्माको बिहे। गएको बिहिबार काठमाडौँको एक होटेलमा निकै नै धुमधाम संग आँचल र उदिप श्रेष्ठ को बिहे भएको थियो। बिबाह जति भब्य थियो त्यो भन्दा बढी भब्य थियो उनको रिसेप्सन पार्टी। चुच्चेपार्टी स्थित फाइभ स्टार होटल हायात मा उनको बिहे पार्टी राखिएको थियो। पार्टीमा फेमिली बाहेकको कलाकारहरुको भिड पनि उत्तिकै देखिएको थियो।

त्रिभुवन एअरपोर्ट बाट हेलिकप्टर मा चढी उनीहरु दुवै पार्टीमा पुगेका थिए। पार्टीमा हेलिकप्टर बाट पुग्दा पार्टी माहोल फेरिएको थियो। आँचल ले आफ्नो बिहे पार्टीको लागि लगाएको लेहेंगा इंडिया को फेमस डिजाइनर ‘ सभ्य साँची ‘ बाट डिजाइन गरेको बताउदै त्यसको मुल्य १६ लाख रहेको बताउछिन्। लेहेंगा ह्याण्ड मेड भएको हुनाले त्यो लेहेंगा कम्तिमा पनि १६ किलो को थियो।

 

आँचल शर्मा र उदिप श्रेष्ठले एकबर्ष को रिलेसन पछि बिवाहको बन्धनमा बाधीने निर्णय लिएका हुन्। आँचलको प्रिय साथी अर्थात् अभिनेता पल शाहलाई भने नत बिहेमा नत पार्टी मा नै निमन्त्रण गरिएका थिए । पल र आंचलले फिल्म नाई न भन्नुल ४ बाट संगै फिल्ममा डेब्यु गरेका हुन् । तेस्पछिका धेरै फिल्ममा स्क्रीन शेयर गरेका छन् साथै धेरै म्युजिक भिडियोमा समेत संगै काम गरेका छन्। पछिलो समय आप जोडी भनेर पनि उनीहरुको नाम जोडिने गरेको थियो । उनीहरुको जोडीलाई दर्शकले पनि खुब मन परयका थिय। आप जोडी लभमा छन् भनेर धेरैले आसंका गर्दा उनीहरु राम्रो साथी मात्र भयको दाबी गर्थे । आंचलको बिहेको दिन पल भने मुक्तिनाथ दर्शन मा गयका थिय। सबै फिल्मकर्मी भेला हुदा किन पललाई बिहेमा देख्न सकियन । उनीहरु राम्रो साथी हुदाहुदै पनि किन पललाई बिहेमा निमंत्रना दिईयन।

 

आँचल को पति उदिपको भने यो दोश्रो बिहे मानिन्छ। कोरोनाको महामारी को बेला उनले यसरी भब्य का साथ बिहे गर्दा सायद उनको फ्यान र समाजलाई अलिक नपच भएको देखिन्छ।

तपाइँको प्रतिक्रिया