अक्षयको नया फिल्ममा वाणी कपुर - Super Hit News
Sun. Mar 29th, 2020

अक्षयको नया फिल्ममा वाणी कपुर

सुपरहिट न्युज
काठमाडौं, ७ चैत्र।


२०१९ को सुपरहिट फिल्म ‘ वार ‘ जसमा रितिक रोशन र टाइगर श्रोफ लीड रोलमा थिए। नायिका को भूमिका वाणी कपूरले निभाएकी थिईन तर उनको त्यस फिल्ममा खासै रोल भने थिएन। लामो समय देखि फिल्म नगरेकी वाणी लाई वार हिट भएता पनि कुनै फाइदा भएको भने थिएन।

हालै वाणीलाई एक ठुलो फिल्मको लागि अफर आएको छ। उनलाई अक्षय कुमारको अर्को फिल्म ‘ बेल बटम ‘ को लागि कास्टिंग गरिएको छ। फिल्मको अन्नाउन्स धेरै समय अघि नै भएता पनि छायांकन भने सुरु भएको थिएन। यस फिल्ममा उनि अक्षय कुमारकी पत्नीको रूपमा देखिनेछिन्।

वाणी आफ्नो यस फिल्मलाई लिएर निकै खुशी देखिन्छिन्। वाणी ले यस फिल्मको अफर आउने बित्तिकै ओके भनेकी थिईन। हुन पनि अक्षय कुमार जस्तो स्टारसंग काम गर्ने मौका छोड्ने पनि कसरि। यस फिल्मले वाणीको करियरलाई नयाँ मोड दिन्छ कि दिदैन त्यो त समय ले नै बताउँछ।

तपाइँको प्रतिक्रिया