बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण - Super Hit News
Sun. Mar 29th, 2020

बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण

सुपरहिट न्युज
काठमाडौं, ७ चैत्र।


चित्टिया कलैया र बेबी डोल जस्तो हिट गित गाएकी बलिवुड गायिका कनिका कपूरलाई कोरोनाको संक्रमणले छोएको छ। गएको शुक्रबार उनले कोरोनाको टेस्ट गराउंदा रिजल्ट पोजिटिभ देखाए पछि उनलाई लखनउको हस्पिटल ‘ किङ्ग जोर्जस मेडिकल युनिभरसिटीमा भर्ना गरिएको छ। केहि समय अघि लन्डनबाट फर्किएकी कनिका लखनउ आएकी थिईन। लखनउ आएर उनले आफ्नो साथी र परिवारलाई निकै शानदार पार्टी दिएकी थिईन। रिपोटर्सको अनुसार उनको पार्टीमा अधिकारितन्त्र देखि राजनेता सम्म पुगेका थिए। कनिका लखनउमा एउटा बिशाल होटेलमा बसेकी थिईन।

मेडिकल अफिसरहरुले पार्टीमा पुग्ने जति सबैलाई टेस्ट गर्ने सल्लाह दिएका छन्। कनिका को बाबा राजिव कपूर ले एक एजेन्सीलाई भने लन्डनबाट फर्केर कनिकाले ३ पार्टी अटेन्द गरिसकेकी थिईन। परिवारमा हामिमध्ये अहिले छ जनाको कोरोना टेस्ट भैरहेको छ। राजिवले कनिकालाई एरपोर्टमा टेस्ट लिएको थियो तर त्यो बेलामा रिपोर्टमा केहि नदेखाएकोले हामि ढुक्क भएको बताउछन ।

तपाइँको प्रतिक्रिया