कोरोनाबारे बलिवुड कलाकारको यस्तो सुझाब - Super Hit News
Sun. Mar 29th, 2020

कोरोनाबारे बलिवुड कलाकारको यस्तो सुझाब

सुपरहिट न्युज
काठमाडौं, ८ चैत्र।

दुनियाभरमा कोरोना भाइरसको कारण लगभग साढे दुई लाख भन्दा धेरैको पोजिटिभ केस आएको छ। त्यही दश हजार भन्दा धेरै को मृत्यु भईसकेको छ। अहिले सम्म दुनियाभर मध्ये सबसे धेरै मृत्यु इटली (३४००) र चीन (३०००) मा भएको छ।

यस कारण दुनियाभरको स्कूल, कार्यालय लगायत फिल्म बजार बन्द गर्नु परेको छ। कोरोना वायरसको कारणले गर्दा फिल्म रेवेन्यूमा खास असर परेको देखिन्छ। यसै कारण कैयोउ फिल्मको प्रदर्शन मिति पर सार्नु परेको छ भने रिलिज गरेको फिल्मले आर्थिक नुक्सान भोग्नु परेको छ।

हालै सामाजिक संजालमा एक भिडियो सार्बजनिक भएको छ जसमा बलिवुड सेलिब्रिटीहरुले कोरोनाको बारेमा जनचेतना फैलाउदै पोस्ट गरेका छन्। यस भिडियोमा अमिताभ, माधुरी, अनिल, रणवीर, आलिया, शिल्पा, अजय, अक्षय लागायतका कैयौ कलाकारहरुले बोलेका छन्।

भिडियोमा यस्तो बेलाको रहनसहन, खानपिन र साबधानी को बारेमा भनेका छन्। स्वोस्थ रहनुहोस सुरक्षित रहनुहोस भन्दै बलिवुड कलाकारहरुले भिडियो मार्फत चेतना दिएका छन्। हेर्नुहोस् भिडियो सहित!!

तपाइँको प्रतिक्रिया