काेराेना सम्बन्धि गन्धर्बहरुले गाए सचेतनामुलक गीत - Super Hit News
Sun. Mar 29th, 2020

काेराेना सम्बन्धि गन्धर्बहरुले गाए सचेतनामुलक गीत

सुपरहिट न्युज
काठमाडौं, ८ चैत्र।


पछिल्लाे समय चिनबाट माहामारिकाे रुपमा फैलिएकाे काेराेना भाइरसकाे कारण नेपाल पनि उच्च जाेखिममा रहेकाे कुरा विश्व स्वास्थ्य सँगठनले बताएका छन र नेपालमा पनि त्रास फैलिरहेकाे छ । भने यसबाट सर्तकता अपनाउन नेपाल सरकारले देशका रहेका फिल्म हल लगायत अन्य मान्छेकाे चाप बढि रहने हलहरु बैशाख १८ सम्मलाइ बन्द गराइसकेकाे छ । त्यसैगरि एकै ठाउमा २५ जनाभन्दा बढि भेला नहुन समेत निर्देशन दिएका छन ।

 

यसै समयमा काेराेना भाइरसकाे बिषयलाइ समेटेर एक सन्देशमुलक गीतकाे भिडियाे सार्वजनिक गरिएकाे छ । सार्वजनिक लाैन आयाे है के आयाे बाेलकाे गितमा ध्रुब बिश्वकाे स्वर अम्बिका गुरुङकाे शब्द तथा दिपक शर्माकाे सँगित रहेकाे छ । काेराेना भाइरसकाे त्रासमा रहेकाे जन समुदायलाई सचेतना फैलाउने उदेश्यले तयार पारिएकाे यस गीतकाे भिडियाेमा राज खडका र सुरज अधिकारिले अभिनय गरेका छन । उनिहरु गन्धर्ब भेसमा गाउगाउमा पुगेर साराङ्गी रेटदै गीत गाइरहेकाे देख्न सकिन्छ । र यस भिडियाेलाइ बिजय लामाले खिचेका हुन भने बिष्णु खडकाले सम्पादन गरेका हुन । काभ्रेकाे भकुण्डेबेशिमा छायाँकन गरिएकाे भिडियाेलाइ कलाकार राज खडकाले नै निर्देशन गरेका हुन ।

सार्बजनिक भिडियो….

तपाइँको प्रतिक्रिया