फिल्म 'लिम्बो' मा आना शर्माको इन्ट्री - Super Hit News
Sun. Mar 29th, 2020

फिल्म ‘लिम्बो’ मा आना शर्माको इन्ट्री

सुपरहिट न्युज
काठमाडौं, ८ चैत्र।


फिल्म ‘जेरी’ बाट डेब्यु गरेकी अभिनेत्री आना शर्मा पछिल्लो समयमा फिल्ममा अलि कम देखिन थालेकी छिन्। पहिलो फिल्ममा नै अनमोल केसीसंग स्क्रीन सेयेर गर्न पाउँदा पनि उनको फिल्म करियरले भने खासै राम्रो गति समात्न सकेन। फिल्म ‘जेरी’ हिट भएता पनि उनको त्यसपछिको फिल्म ‘ ग्याङ्ग स्टार ब्लुज ’ र ‘ द म्यान फ्रम काठमाडौं ’ ले भने खासै चर्चा बटुल्लन सकेन।

एक वर्षको ग्यापिंग पछि आनाले पुन: ठुलो पर्दामा आउने मौका पाएकी छिन्। उनलाई अर्पण थापाको निर्देशन रहने फिल्म ‘ लिम्बो ‘ मा कास्टिंग गरिएको छ। मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुने यो फिल्ममा आनाको पनि मुख्य भूमिका रहने बताएको छ। यस फिल्मको लागि बाकि कलाकार भने अझै भेटिएको छैन। चलचित्र ‘ तीन जन्तु ‘ को छायांकनमा ब्यस्त रहेका निर्देशक तथा कलाकार अर्पण थापाले यस फिल्मको छायांकन सकिने बित्तिकै ‘लिम्बो’ को छायांकनमा लाग्ने हाल्ने बताए।

तपाइँको प्रतिक्रिया