कोरोना भाइरस बिरुद्ध पन्तको भिडियो सन्देश - Super Hit News
Sun. Mar 29th, 2020

कोरोना भाइरस बिरुद्ध पन्तको भिडियो सन्देश

सुपरहिट न्युज
चैत्र ८, काठमाडौं ।

बैशाख १२ गतेलाई प्रदर्शन मिति तोकिएको ‘हिजो आजका कुरा’ फिल्म टिमले कोरोना भाइरसबिरुद्ध अभियान सुरु गरेको छ । बिगत केही सातायता बिश्वब्यापी रुपमा भाइरल भइरहेको कोरोनाबाट बच्नका लागि नेपाल सरकारले सार्वजनीक सवारी साधन, स्कुल, कलेज,सिनेमा हललगायत जनताको प्रत्यक्ष सरोकारमा पर्ने क्षेत्रलाई समेत बैशाख १८ गतेसम्मलाई बन्द गर्ने निर्णय गरिसकेको छ । यसै सन्दर्भमा फिल्मकर्मीबाट औपचारिक रुपमा कोरोनाबिरुद्ध सचेतना अभियान सुरु भएको हो ।
‘हिजो आजका कुरा’ फिल्मका तर्फबाट बरिष्ट हाँस्य अभिनेता सन्तोष पन्तले कोरोनाबिरुद्ध सचेतना सन्देशमार्फत दर्शकलाई सजक गराउने भिडियो सन्देश प्रस्तुत गरेका छन् । भिडियोमा पन्तले नेपालमा अहिलेसम्म कोरोनाको महामारी नफैलिए पनि आफुले आफुलाई सुरक्षित राख्नुपर्ने, सरकारको मात्र मुख हेरेर नबसौ, बिशेष काम नभइ घर बाहिर ननिस्किऔंलगायतका सन्देश प्रस्तुत गरेका छन् । उनले साबुन पानीले हात धुने,सेनेटाइजर प्रयोग गर्नेजस्ता सुझाव दिएका छन् । भिडियोमा पन्तले आफ्नो तर्फबाट संचारकर्मी रवि लामिछाने, अभिनेत्री, निर्देशक दीपा श्री निरौला र संचारकर्मी, निर्देशक दिनेश डीसीलाई कोरोना भाइरस बारे जानकारी दिन नोमिनेट गरेको भन्दै अरुलाई पनि यो सल्लाह दिएका छन् ।


‘हिजो आजका कुरा’ का निर्देशक साकार पन्तले आफूहरुले आफ्नो फिल्म र फिल्ममा संलग्न कलाकारहरुको माध्यमबाट कोरोना भाइरस बारे सचेतना जगाउन अभियान थालेको बताए । उनले पहिलो चरणमा आफना पिताको भिडियो पोस्ट गरेको र क्रमश अन्य कलाकारको पनि भिडियो सन्देश ल्याइने जानकारी दिए । फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव पन्त,रिमा बिश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् । पन्त फिल्म प्रोडक्सनमा निर्मित फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष पन्तको हो भने सन्दीप किस्नाको पटकथा छ ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया