सावधान रहन रेखाको अपिल - Super Hit News
Sun. Mar 29th, 2020

सावधान रहन रेखाको अपिल

सुपरहिट न्युज
चैत्र ९, काठमाडौं ।

चिन बाट महमारिको रुपमा फैलिएको कोरोना भाईरसले सबैको मनमा त्रास उत्पन्न भयको छ । बिश्वोमै फैलियको कोरोना अहिले नेपालमामा पनि यसको असर परेको छ । अहिले सम्म एसको संक्रमण न देख्य पनि डब्लूएचओले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएको छ । एसको संक्रमण बाट बच्न सरकारले भिडभाड  हुने स्थानहरु, सार्बजनी  यातायात, अत्ति आबस्यक बिना बाहिर निस्किन लगायको कुरा हरुमा प्रतिबन्द लगायको छ ।

कोरोना बाट बच्न तथा बचाउन सरकारले देशका सबै हल बन्द गराउनुको साथै फिल्मको छायांकन समेत न गर्न आदेश दियको छ । फिल्ममा बेस्त हुने सबै कलाकार यतिबेला घरमै बस्न बाध्य भयका छन् । कोही आफ्नो परिवार संग रमाही रहेका छन् भने कोही फिल्म हेदै कोहि किताब पडदै  दिन कटाउदै छन् । यति खेर महामारीको रुप लिरहेको कोरोना बाट बच्न  सतर्क अपनाउन कलाकारले टिप्स दिरहेका छन् । कलाकार तथा निर्देशक रेखा थापा ले आफ्नो फसबुकमा भिडियो अपलोड गर्दै  आफ्नो फ्यानलाई सतर्क  रहन सुझाएकी छिन् । सरकारले गरेको अपिललाई मनन् गरेर अत्यावश्यक काम बाहेकमा घर बाहिर ननिस्कौं आग्रह गरेकी छन । उनले लेखेकी छिन: हरेक बिपत्ती, त्रासदी र प्रतिकुलतालाई जितेर मानव जीवनले अझ उन्नत र नौलो दिन देखेको छ, देखी रहने छ । अफवाह र हल्ला होइन जिम्मेवार सजगता अपनाऔ । जहाँ छौ त्याहीबाट आफुले सक्ने जिम्मेवारि लिऔ ।

बैशाख देखि नया फिल्मको छायांकनमा जान लागेकी नायिका रेखा थापा अहिले कोरोनाको त्रासले घरमै थुनीयकि छन । उनि यति बेला कोरोना बाट  बच्चन घरमै समय बिताई रहेकी छिन । घरमै बसेर उनि नया फिल्मको तयारी गर्दै छन् ।

‘सावधान हौं, आतंकित नहौं’

‘सावधान हौं, आतंकित नहौं’

Posted by Rekha Thapa on Saturday, March 21, 2020

तपाइँको प्रतिक्रिया