'प्रेम गित ३' को टिम माक्स बाढ्दै सडकमा - Super Hit News
Sun. Mar 29th, 2020

‘प्रेम गित ३’ को टिम माक्स बाढ्दै सडकमा

सुपरहिट न्युज
चैत्र ११, काठमाडौं ।

कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै बजारमा मेडिकल मास्क अभाव भएपछि फिल्मको फिल्म ‘प्रेमगीत ३’ को निर्माण टिमले निःशुल्क मास्क वितरण गरेको हो । आइतवार दिउँसो फिल्मका निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङले कोटेश्वर, लगनखेल र गोंगबु लगायतको क्षेत्रमा मास्क बाँडेका हुन् ।

आइतवार निर्माण टिमले लगभग ११ हजार मेडिकल मास्क वितरण गरिएको निर्माता सेन तथा प्रदिप खड्काले फेसबुकमार्फत् जानकारी दिए हुन् । निर्माता सेनले भने, ‘बजारमा मास्क अभाव भएको थाहा पाएपछि देशको एक जिम्मेवार नागरिक भएको हैसियतले मास्क वितरण गरेका हौं । यो मुश्किल परिस्थितिमा कुनै पनि बेला सरकारलाई आवश्यक पर्छ भने हाम्रो फिल्म ‘प्रेमगीत ३’ को सम्पूर्ण टिम सहयोग गर्न तयार छ । उक्त मक्स वितरण गर्दै यो मुस्किल घडीमा सबैजना सतर्क रहन आग्रह समेत गरेका छिन । फिल्म ‘प्रेम गित ३’ को आहिले पोस्टको काम भइरहेको छ ।  चैत २८ ज  रिलिज मिति तय गरेको फिल्म कोरोनाको भाइरसको कारण उक्त मितिमा रिलिज न हुने समेत निर्माण  टिमले जानकारी दिइसकेको छ ।

तपाइँको प्रतिक्रिया