वर्षाको लक डाउन सदुपयोग - Super Hit News
Sun. Mar 29th, 2020

वर्षाको लक डाउन सदुपयोग

सुपरहिट न्युज
चैत्र १२, काठमाडौं ।

विश्वभर नै महामारीको रुपमा  फैलिएको कोरोना भाइरसको त्रासका कारण नेपाल सरकारले एक सातासम्मलाई लक डाउन गरेको छ । एस्तो अबस्तामा अत्यावश्यक काम बाहेक हिडडुल गर्न पाइदैन ।

तेसैले नेपाली चलचित्रका कलाकारहरु अहिले घरमै बसेर समय बिताउने मेलो गरि रहेका छन । सधै फिल्ममा बेस्त हुने कलाकर्मी अहिले  कोही पुस्तक पढिरहेका छन त कोही चलचित्र हेरिरहेका छन भने कोहि आफ्नो शरीर बनाउन तिर केन्द्रिय छन् ।

तेस्तै नायिका वर्षा सिवाकोटीले पनि लक डाउनको सदुपयोग गर्दै छिन् । उनि यति बेला आफ्नो शरीर लाई फिट अनि सोस्थ राख्न दैनिक ब्यायाम गर्दै छिन । हुन त नायिका वर्षा सिवाकोटी स्वास्थ्यमा विशेष ख्याल राख्छिन । उनी, दैनिक जीम जाने तथा घरमै पनि व्यायम गर्छिन । तर यो समयलाई सदुपयोग गर्ने यो उपयुक्त समय मानेकी छिन । सामाजिक संजालमा आफुले व्यायम गर्दै गरेको भिडियो सार्वजनिक गर्दै उनले व्यायममा पनि ध्यान दिन स्वस्थ रहन अपिल गरेकी हुन ।

तपाइँको प्रतिक्रिया