‘आरआरआर’ को खतरनाक पोस्टर सार्बजनिक - Super Hit News
Sun. Mar 29th, 2020

‘आरआरआर’ को खतरनाक पोस्टर सार्बजनिक

सुपरहिट न्युज
चैत्र १२, काठमाडौं ।

निर्देशक एस एस राजामौलीको फिल्म ‘आरआरआर’ को मोसन पोस्टर सार्बजनिक गरिएको छ । सुपिरहित फिल्म निर्देशक एस एस राजामौलीले ‘बहुबाली’ का पनि निर्देशक हुन् । फिल्म ‘बहुबाली’ र ‘बहुबाली २’ ले समेत इतिहास कायम गरि सकेको छ । यो फिल्मले पनि तेस्तै सफलता पाउने आसा गरियको छ ।

उक्त  मोसन पोस्टर ‘गुडी पड्वा’ पर्व को अवसर पारेर सार्बजनिक गरिएको हो । सार्बजनिक  मोसन पोस्टरमा जुनियर एनटिआर ले ‘पानि’ र रामचरणले ‘आगो’ को प्रतिनिधित्व गरेका देख्न सकिन्छ । फिल्मको टाइटल ‘आरआरआर’ को पुरा रुप ‘राइज रोयर रिभोल्ट’ रहेको बातैएको छ ।  फिल्मको मुख्य भूमिकामा अजय देवगन, जुनियर एनटिआर, रामचरण, अलिया भट्ट, ओलिभिया मोरिस लगायतको अभिनय रहेको छ ।

अभिनेत्री अलिया भट्टले ट्वीटरमा उक्त पोस्टर शेयर गर्दै यो दुइ बिपरित शक्तिहरु ‘पानि’ र ‘आगो’ को शक्ति हो भनेकी छिन् । भने  अजय देवगनले पनि ‘दुइ बिपरित शक्तिहरु पानि र आगो मिसिए पछि अद्भुत शक्ति बन्छ’ भनेर लेखेका छन् । एस फिल्ममा अजय देवगनको लामो केमियो रोल रहेको बुझिएको छ । फिल्म बिग बजेट ३५० करोडको लगानीमा निर्माण गरियको छ । फिल्म सन् २०२१ को जनवरी ८ मा हिन्दि, तमिल र तेलुगु भाषामा रिलिज गरिने छ।

तपाइँको प्रतिक्रिया