बलिउड अभिनेत्री निम्मीको निधन - Super Hit News
Sun. Mar 29th, 2020

बलिउड अभिनेत्री निम्मीको निधन

सुपरहिट न्युज
चैत्र १३, काठमाडौं ।

चर्चित बलिउड नायिका निम्मिको ८७ बर्षको उमेरमा निधन भयको छ । मुम्बईको हस्पिटलमा   बुधबार निधन भयको हो, भने बिहिबार अन्त्यष्टि गरिनेछ । उनले गरेका हिट फिल्म ‘बरसात’ ‘उड़न खटोला’, ‘आन’, ‘दाग’, ‘अमर’, ‘भाई-भाई’, ‘मेरे महबूब’, ‘पूजा के फूल’ हुन् । यी फिल्ममा उनले निर्बाह गरेको चरित्रहरु अहिले पनि दर्शकहरुको मन मनमा बस्न सफल भयका छन्। उनले फिल्म  ‘बरसात’ बाट फिल्म नगरीमा प्रेबश गरेकी थिइन् जुन फिल्म सुपर हिट हुन सफल भयको थियो । ‘बरसात’ हिट भयपछी उनलाई  धेरै फिल्ममा अफर आउन थाल्यो यही फिल्म   नै उनको ट्र्निग पोइन्ट बन्न सफल भयो । उनि प्राय दोश्रो हिरोइनको रुपमा प्रस्थुत हुन्थिन । उनलाई फिल्म ‘बरासत’ मा राज कपुरले डेब्यु गराएका थिए । नलाई राज कपुरले नै ‘निम्मी’ नाम दिएका थिए जुन नाम उनको लागि सफलता बनि दियो।

सन् १९५० को दशककि चर्चित अभिनेत्री बन्न सफल भईन्  निम्मी । एस दौरान उनले राज कपुरको अलावा उनले त्यतिबेलाका स्टारहरु देव आनन्द र दिलिप कुमार संग पनि काम गरेकी छिन् । जुन फिल्महरु ले उनलाई  सफलताको सिखरमा पुग्न मद्धत गरेको थियो । निम्मीले पटकथाकार तथा निर्देशक एस अलि रजा संग बिबाह गरेकी थिइन् । उनको श्रीमानको सन् २००७ मा निधन भएको थियो ।

तपाइँको प्रतिक्रिया