मिस ब्युटी फूल– प्रकृति, मिसेस नेपाल आइडल– सोभिता - Super Hit News
Wed. Oct 23rd, 2019

मिस ब्युटी फूल– प्रकृति, मिसेस नेपाल आइडल– सोभिता

सुपरहिट न्युज
काठमाडौं, ५ भदौ ।

मिस व्यूटी क्विन नेपाल र मिसेस नेपाल आइडल–२०१९ को शीर्ष उपाधि प्रकृति लिम्बु र सोभिता राईले जितेका छन् । अमेजोन इन्टरटेनमेन्टले बुधबार राजधानीको राष्ट्रिय नाचघरमा एकसाथ यी दुई भिन्न प्रतियोगीता आयोजना गरेको हो ।
प्रतियोगितामा मिस व्युटी क्विनतर्फ दिक्षा रिसाल मोस्ट एक्टिभसहित फस्र्ट रनर अप घोषित भइन् भने प्रनिशा नेपालले बेस्ट पर्सनालिटीका साथमा सेकेण्ड रनर अपकोे उपाधि प्राप्त गरिन् । मिसेस नेपाल आइडलतर्फ भने मिरा नेपाली फस्र्ट रनर अप र रिता महर्जन सेकेन्ड रनर अप घोषित भइन् । मिराले मोस्ट कन्फिडेन्ट र बेस्ट फोटोजेनीकको सहउपाधि जिते । व्युटी क्विनतर्फ अनिला खत्रीले मोस्ट पपुलर र बेस्ट डिसिप्लिन, उषा लामिछानेले पब्लिक च्वाइस् र मस्ट एक्टिभ, कमला तामाङले बेस्ट फोटोजेनिक र बेस्ट ड्रेस तथा प्रकृति लिम्बुले मोस्ट कन्फिडेन्टको सहउपाधि हासिल गरे ।

मिसेस नेपाल आइडलतर्फ शीर्ष उपाधि बिजेता सोभिताले मोस्ट स्मार्ट, सलिना गुरुङले बेस्ट पर्सनालिटी, इस्मा राईले बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेस, पारु थापा मगरले बेस्ट हेयर, पूजा तामाङले बेस्ट स्किन, पब्लिक च्वाइस र मोस्ट पपुलर र आष्मा श्रेष्ठले मोस्ट एक्टिभको सहउपाधि हासिल गरे ।

मिस ब्यूटि क्विनको प्रमुख निर्णायकमा अभिनेत्री तथा मोडल सुमी मोक्तान थिइन् । उनको टिममा मिस्टर हेण्डसम नेपाल–०१८ मिलन रेग्मी र मिसेस ग्लोबल नेपाल–०१८ की फस्ट रनर अप लीला निरौलालगायत थिए । त्यसैगरी,मिसेस नेपाल आइडलको प्रमुख निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी थिइन् । उनीसँगै निर्णायक मण्डल सदस्यमा मिसेस व्युटिसियन नेपाल–०१५ गौरा राई क्षेत्री, मिसेस नेपाल आइडल–०१७ रक्की श्रेष्ठ, मिसेस मंगोल नेपाल—०१९ बिमला पैजा थिए । दुवै प्रतियोगीता निष्पक्ष र भब्यताका साथ सम्पन्न गरिएको दावी आयोजक संस्थाको छ ।

तपाइँको प्रतिक्रिया