कस्तो भयो ‘जाइरा’ को पहिलो दिनको ब्यापार ? - Super Hit News
Wed. Oct 23rd, 2019

कस्तो भयो ‘जाइरा’ को पहिलो दिनको ब्यापार ?

सुपरहिट न्युज
काठमाडौं, ६ भदौ ।

अभिनेत्री नम्रता श्रेष्ठले निर्माण गरेको दोश्रो फिल्म ‘जाइरा’ आज शुक्रबारबाट देशभरका हलमा एकल प्रदर्शनमा उत्रिएको छ ।
नम्रता पहिलोपटक एक्शन भूमिकामा प्रस्तुत भएको फिल्मले प्रदर्शनको पहिलो दिन भने अपेक्षाकृत ब्यापार गर्न नसकेको खबर प्राप्त भएको छ । नवनिर्देशक आशुतोषराज श्रेष्ठ निर्देशीत फिल्ममा नम्रताका साथमा अनुपबिक्रम शाही, प्रमोद अग्रहरि, सृजना रेग्मी, रेमनदास श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रदर्शनको पूर्वसन्ध्या अर्थात् बिहीबार साँझ पुलचोकस्थित लबिम मलमा प्रिमीयर गरिएको फिल्मले त्यहाँ भने मिश्रीत प्रतिक्रिया पाएको थियो । ‘ओपनिङ’ उत्साहजनक नगरेको भए पनि शनिबार भने फिल्मले खचाखच दर्शक पाउने बिश्वास निर्माण पक्षको छ । ‘जाइरा’ मोफसलका केही हलमा दर्शक अभावका कारण शो बन्द भएको समेत समाचार प्राप्त भएको छ ।
एकल प्रदर्शन पाएको ‘जाइरा’ भन्दा चार बर्षअघि नम्रताले ‘सोल सिस्टर’ नामक फिल्म निर्माण गरेकी थिइन् । उक्त फिल्ममा नम्रता ‘डबल रोल’ मा थिइन । तर, दर्शकले मन पराएनन् । ‘जाइरा’ ले भने बिस्तारै ‘पिकअप’ लिने दावी गरिएको छ ।

तपाइँको प्रतिक्रिया