एमी ज्याक्सनले देखाइन् गर्भवती अवतार - Super Hit News
Wed. Oct 23rd, 2019

एमी ज्याक्सनले देखाइन् गर्भवती अवतार

सुपरहिट न्युज
एजेन्सी,१० भदौ ।

बलिउड अभिनेत्री एमी ज्याक्सन हाल गर्भवती छिन् । गर्भावस्थामा पनि आफूले निकै ‘इन्जोय’ पाइरहेको बताउने गरेकी छिन् । सोसियल मिडियामा उत्तिकै सक्रिय रहेकी एमीको पेटमा हाल ३५ हप्ताको बच्चा छ । उनले गर्भधारण गरेदेखि नै आफ्ना तालतालका फोटो इन्ट्रामा शेयर गर्दै आइरहेकी छिन् ।

केही महिनाअघि समुन्द्रमा रमाउदै एमी

हालै उनले आफ्नो गर्भ ३५ हप्ताको पुगेको भन्दै एउटा फोटो शेयर गरिन् । जसले अहिले चर्चा पाइरहेको छ । बलिउडमा निकै फिट हिरोइनका रुपमा चिनिने एमी आमा बन्ने डेट भने खुलाइएको छैन । भारतीय मिडियाका अनुसार उनी सेक्टेम्बर अन्तिमदेखि अक्टुवर पहिलो सातासम्म आमा बन्ने बताइएको छ । गत मे महिनामा ब्वाइफ्रेण्ड जर्ज पानाइयौटोसँग ‘इङ्गेज्मेन्ट’ गरेकी उनले मार्च महिनामै आफू गर्भवती रहेको बताएकी थिइन् । एमीले गर्भवती भएपछि ब्वाइफ्रेण्ड जर्जसँग इङ्गेज्मेन्ट गरेकी हुन् । उनीहरुले बिहे भने बच्चाको पास्नीसँगै गर्ने योजना बनाएको बताइएको छ । एमी पछिल्लो समय रजनीकान्त र अक्षयकुमारको २.० मा रोबर्टको भूमिकामा देखिएकी थिइन् ।

तपाइँको प्रतिक्रिया