‘रेल–वे स्टेशनमा थुप्रै युवतीसँग रोमान्स गरें’ - Super Hit News
Thu. Nov 14th, 2019

‘रेल–वे स्टेशनमा थुप्रै युवतीसँग रोमान्स गरें’

सुपरहिट न्युज
एजेन्सी,१० भदौ ।

अभिनेता शाहरुख खानले आफूले रेल–वे स्टेशनहरुमा धेरै युवतीसँग रोमान्स गरेको खुलासा गरेका छन् । हालै मुम्बइको बान्द्रा रेल–वे स्टेशनमा एउटा पसल उद्घाटन कार्यक्रममा प्रमुख अथितिका रुपमा पुगेका उनले रेव–वे स्टेशन आफ्ना लागि प्रेमस्थल रहेको सुनाएका हुन् ।
‘मलाई मेरा ती दिन अहिले पनि उत्तिकै याद आउछ, जतिबेला म कलाकार बन्नका लागि संघर्ष गरिरहेको थिएँ । दिनरात रेल–वे स्टेशनहरुमा भौतारिरहन्थे । कति सुन्दर युवतीहरुसँग आँखा जुध्थे । म उनीहरुलाई मनमनै प्रेम गर्थे,’ शाहरुखले भनेका छन्, ‘स्टेशनमा मेरो धेरै युवतीसँग प्रेम भयो । ती दिन म कहाँ भुल्न सक्छु र !’ उनले आफू पहिला कहिल्यै बान्द्रा स्टेशनमा नआएको बताउदै आफूलाई कार्यक्रममा बोलाएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे ।


शाहरुखले रेल–वे स्टेशनमा थुप्रै फिल्मका यादगार सिन दिएका छन् । उनका ब्लकब्स्टर दिलवाले दुल्हनीया ले जायङ्गे, कुछ कु्छ होता है, दिल से, वीरजरा,चेन्नाइ एक्सप्रेसलगायतका फिल्ममा रेल–वे स्टेशनका दृश्य छन् । बोल्ने क्रममा उनले मजाक गर्दै आफूले अब बान्द्रा स्टेशन देखेको र यो कुरा कुनै हिरोइनलाई भन्ने बताए । ‘मैले बान्द्रा स्टेशन देखें । अब कुनै हिरोइनलाई भन्छु, ताकी आउने–जाने क्रम चलीरहोस्,’ शाहरुखले भने, ‘मलाई प्रेम निकै मनपर्छ ।’

तपाइँको प्रतिक्रिया