मिस्टर वल्र्डबाट अक्षयले भित्र्याए मल्टिमिडिया अवार्ड - Super Hit News
Wed. Oct 23rd, 2019

मिस्टर वल्र्डबाट अक्षयले भित्र्याए मल्टिमिडिया अवार्ड

सुपरहिट न्युज
काठमाडौं, १२ भदौ ।

मिस्टर नेपाल–०१७ का बिजेता अक्षय रायमाझीले मिस्टर वल्र्ड–०१९ मा नेपालबाट प्रतिनिधित्व गरेका थिए । हालै फिलिपिन्सको मनिलामा सम्पन्न प्रतियोगीतामा उनले मल्टिमिडिया अवार्ड जितेका छन् । मिस्टर वल्र्डमा उनले बिश्वका ६० भन्दा बढी देशका प्रतिनिधिसँग प्रतिस्पर्धा गरेर सो अवार्ड स्वदेश भित्र्याएका हुन् ।

प्रतियोगीतामा आफूले सर्वाेच्च शिखर सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनालालगायतका नेपालको पहिचान झल्कने भिडियो प्रस्तुत गरेको बताए । सोही भिडियोले उनलाई मल्टिमिडिया अवार्ड दिलाएको हो । प्रतियोगीतामा उनले नेपाली कलासंस्कृति झल्कने भेषभुषाका साथमा काल भैरव नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगीता सकेर बुधबार राति स्वदेश फर्कीएका अक्षयले शीर्ष उपाधि जित्न नसकेकोमा भने थकथकी मानेका छन् ।

‘टाइटल जित्न नसकेपछि मल्टिमिडिया अवार्ड त जितें नि,’ प्रफुल्ल हुने कोसिस गर्दै उनले भने, ‘यो पनि ठूलो उपलब्धी हो ।’ उनले आफूले त्यहाँ सबैलाई ‘भिजिट नेपाल–०२०’ को निम्तो दिएको सुनाए । अक्षयलाई ‘मिस्टर वल्र्ड’ मा नेपाल प्रतिनिधिका रुपमा पठाइएको जानकारी मिस्टर नेपालको आयोजक एक्सपोज नेपालकी सिइओ सिइयो अर्चना थापाले दिइन् ।

तपाइँको प्रतिक्रिया