आर्यनले छोडे दिवाकरको ‘तिमीसँगै हुने मन छ’ - Super Hit News
Wed. Oct 23rd, 2019

आर्यनले छोडे दिवाकरको ‘तिमीसँगै हुने मन छ’

सुपरहिट न्युज
काठमाडौं, १५ भदौ ।

निर्देशक दिवाकर भट्टराईको नयाँ फिल्म ‘तिमीसँगै हुने मन छ’ बाट अभिनेता आर्यन सिग्देलले हात झिकेका छन् । दशैपछि सुटिङ हुने फिल्मको मुख्य अभिनेताका लागि दिवाकरले आर्यनलाई अफर गरेका थिए । आर्यन र दिवाकरबीच पटकपटक मिटिङ भएको थियो । सुरुका दिनमा आर्यनले ‘तिमीसँगै हुने मन छ’ मा अभिनय गर्न रुचि देखाएका थिए । तर, अन्ततः उनले यो फिल्म छोडे । उनीहरुबीच लिखित सम्झौता भने भएको थिएन ।


दिवाकर स्वयम्ले निर्माण गर्न लागेको फिल्म आर्यनले किन छोडे ? त्यो भने प्रष्ट भएको छैन । तर बुझीए अनुसार आर्यनले स्क्रिप्ट चित्त नबुझेकाले फिल्म छाडेका हुन् । ‘तिमीसँगै हुने मन छ’ दिवाकर आफैले लेखेका हुन् । आर्यनले नगर्ने भएपछि दिवाकर अहिले अर्काे हिरोको खोजीमा लागेका छन् ।

‘तिमीसँगै हुने मन छ’ मा हिरोइन भने दिवाकरकी पत्नी दीपीका प्रसाई हुनेछिन् । यसअघि ‘मेरो जीवन साथी’,‘स्टुपीड मन’,‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरेको दिवाकर ‘तिमीसँगै हुने मन छ’ बाट निर्माताका रुपमा समेत अघि बढ्दैछन् ।

तपाइँको प्रतिक्रिया