आशीष सचिनको ‘एक कान दुई कान मैदान’ ट्रेन्डिङ ४ मा - Super Hit News
Wed. Oct 23rd, 2019

आशीष सचिनको ‘एक कान दुई कान मैदान’ ट्रेन्डिङ ४ मा

सुपरहिट न्युज
काठमाडौं, भदौ ३०

गायक आशीष सचिन गौतमको नयाँ गीत ‘एक कान दुई कान मैदान’ ले अहिले दर्शकस्रोताको मन जितिरहेको छ । यसअघि ‘पिरिम नलाउने’ गीतका कारण चर्चामा छाएका आशिषको ‘एक कान दुई कान’ ६ दिनअघि मात्रै सार्वजनीक भएको थियो । अहिले नेपालको युट्युव ट्रेन्डिङको ४ नम्बरमा रहेको गीतलाई २० लाख तीस हजार पटक बढी हेरिसकिएको छ ।


आशीष र मेलिना राईले गाएको ‘एकान दुई कान मैदान’ हिमान्शु रायमाझीले लेखेका हुन् भने भीम बिसीको संगीत छ । हाँस्य कलाकारका रुपमा परिचीत दीपक आचार्य (काकु) ले निर्देशन गरेको भिडियोको कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन् ।


भिडियोमा गायक आशीष स्वयम्का साथमा सरोज खनाल,आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा र पवन माकुरी फिचर छन् । अर्जुन तिवारीले खिचेको भिडियो जीवन थापाले सम्पादन गरेका हुन् । फिल्मी शैलीको भिडियोका साथै गीतलाई समेत दर्शक, स्रोताले मन पराइरहेकोमा गायक तथा मोडल आशीष प्रफुल्लीत छन् । भन्छन्,‘स्रोता,दर्शककै साथ र मायाले अझ अघिभ बढ्ने प्रेरणा मिलेको छ ।’

तपाइँको प्रतिक्रिया