कार्तिक ८ मै आउने भयो ‘घामड शेरे’, ‘पोइ पर्यो काले’ लाई तनाव ! - Super Hit News
Wed. Oct 23rd, 2019

कार्तिक ८ मै आउने भयो ‘घामड शेरे’, ‘पोइ पर्यो काले’ लाई तनाव !

सुपरहिट न्युज
काठमाडौं, ३० भदौ ।

निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म ‘घामड शेरे’ कार्तिक ८ गते प्रदर्शन हुने भएको छ । हेमराज बिसी निर्देशीत फिल्मले सोमबार फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै प्रदर्शन मिति तोकेको हो ।


तिहारको अवसरमा प्रदर्शन गर्न लागीएको फिल्ममा निश्चल, स्वस्तिमाका साथमा सुष्मा निरौला, बादल भट्ट र लोकेन्द्र लेखक मुख्य भूमिकामा छन् । अभिनेत्री गौरी मल्ल भने बिशेष भूमिकामा रहेको बताइन्छ । बिसी मोशन पिक्चर्सको ब्यानरमा निर्देशक हेमराजनै निर्माता रहेको फिल्मको सार्वजनीक पोस्टरमा निश्चल रिसाइरहेको देखिन्छ । स्टेशन ५ र डिसिएनले बितरण गर्ने ‘घामड शेरे’ कमेडी जनराको फिल्म भएको बताइन्छ ।

कार्तिक ८ मा केही महिना पहिलानै ‘पोइ पर्यो काले’ ले प्रदर्शन मिति तोकिसकेको थियो । शिसिर राणा निर्देशीत सो फिल्ममा सौगात मल्ल, पूजा शर्मा,सृष्टि श्रेष्ठ,सोहीत मानन्धर र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र बिके फिल्मस्ले बितरण गर्दैछ ।

तपाइँको प्रतिक्रिया