‘एकादेशको चुरीफुरी’ ले बढायो पुरनको चुरीफुरी - Super Hit News
Wed. Oct 23rd, 2019

‘एकादेशको चुरीफुरी’ ले बढायो पुरनको चुरीफुरी

सुपरहिट न्युज
काठमाडौं, ३ असोज

‘एकादेशको चुरीफुरी’ का कारण हाँस्य अभिनेता, निर्माता तथा निर्देशक पुरन थापा अचेल चर्चामा छन् । ‘पिरिम पर्या छन्’,‘कान्छी मट्याङ ट्याङ’ र ‘फेरि फेरि’ फिल्मका निर्माता,निर्देशक तथा अभिनेता पुरनको कमेडी सिरियल ‘एकादेशको चुरीफुरी’ हालसम्म ४४ भाग प्रशारण भइसकेको छ ।


डिस होमको रमाइलो टिभीमा हरेक बुधबार राती साढे ९ बजे प्रशारण हुदै आइरहेको सिरियलमा निर्देशक पुरन स्वयम्का साथमा लय संग्रौला,लक्ष्मी गिरी,रमेश मट्टारे,दमन रुपाखेति, मुकुन्द मैनाली, मोहनकृष्ण श्रेष्ठ,मनिषा रायमाझी,कविता खड्का,प्रबेश भट्ट, सुपा खनाल,निशा थापा,सबिता दनाइ,छायाँ भुजेल,अन्जु बिश्वकर्मालगायतको अभिनय छ ।

सिरियलले पाइरहेको चर्चा र लोकप्रियताप्रति निर्देशक थापा हर्षित छन् । भन्छन्, ‘दर्शकको अपार मायाका कारण अझ अघि बढ्न प्रेरित भएको छु । पहिलो सिजन ५२ एपिसोडमा सकिन्छ । त्यसपछि दोश्रो सिजन अझ धमाकेदार ल्याउने योजना बनाएको छु ।’

ओइपिएल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘एकादेशको चुरीफुरी’ सुरेश बज्राचार्यले खिच्ने गरेका छन् । बिनोदकुमार भुजेलको संगीत संयोजन,गौतमराज खड्काको सम्पादन र जीवन पासाको श्रृंगार रहेको सिरियलले समसामयिक सामाजीक घटनालाई हास्यात्मक रुपले प्रस्तुत गर्ने गरेको छ । सिरियलले आफ्नो परिचय अझ फराकिलो पारेको दावी निर्देशक पुरनको छ ।

तपाइँको प्रतिक्रिया